“वैदेशिक रोजगारीको लागि जर्जिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-१०-२०
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि जर्जिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं.०६ दक्षिणढोकाबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिको विवरणः-
१. नाम थर :- पुर्ण बहादुर वाईवा
उमेर :- ५२ वर्ष
स्थायी वतन :- जिल्ला काभ्रेपलान्चोक
महाभारत गा.पा. वडा नं.६ ।
हाल :- जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं.६ ।
देश :- जर्जिया
विगो रकम :- रु.६,५०,०००।–
(छ लाख पचास हजार)
पक्राउ मिति :- २०८२/१०/२० गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा.
वडा नं. ६ ।
पीडित संख्या :- १ जना ।