“वैदेशिक रोजगारीको लागि बिभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२२
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बिभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरणः
१. नाम थर :- रुपेश लामिछाने
उमेर :- ३५ वर्ष
स्थायी वतन :- जिल्ला काभ्रेपलाञ्चोक
पाँचखाल न.पा.वडा नं.०३ ।
हाल :- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं ३२ ।
देश :- अष्ट्रेलिया
विगो रकम :- रु. ९,००,०००।–
(नौ लाख )
पक्राउ मिति :- २०८२/१०/२१ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.३२ ।
पीडित संख्या :- १ जना ।
२. नाम थर :- हिरा तामाङ
उमेर :- ३५ वर्ष
स्थायी वतन :- जिल्ला
धादिङ खनेबास गा.पा.वडा नं.०३ ।
हाल :- जिल्ला काठमाण्डौ तार्केश्वर न.पा.वडा नं.०६ ।
देश :- स्लोभाकिया
विगो रकम :- रु.
८,५०,०००।– (आठ लाख पचास हजार)
पक्राउ मिति :- २०८२/१०/२१ गते ।
पक्राउ स्थान :- जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं.१२ ।
पीडित संख्या :- १ जना ।