“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२३
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको
प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई
सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश
पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा
नं.३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरणः-
१. नाम
थर :- उपासना भण्डारी
उमेर
:- ४३ वर्ष
स्थायी वतन :- जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा. वडा नं.१२
।
हाल :- जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं.८ ।
देश :- क्रोएशिया
विगो रकम :- रु. १२,००,०००।– (बाह्र लाख )
पक्राउ मिति :-
२०८२/१०/२२ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं.३१ ।
पीडित संख्या :- १ जना ।
२. नाम
थर :- युवराज कुँवर
उमेर
:- २३ वर्ष
स्थायी वतन :- जिल्ला कैलाली टीकापुर न.पा.वडा नं.१ ।
हाल :- जिल्ला ललितपुर
ललितपुर म.न.पा. वडा नं.११ ।
देश :- ग्रीस
विगो रकम :- रु. १९,००,०००।– (उन्नाइस लाख)
पक्राउ मिति :-
२०८२/१०/२२ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा.
वडा नं.३१ ।
पीडित संख्या :- ५ जना ।