“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२५
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको
प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई
सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश
पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न
स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरणः-
१. नाम
थर :- कोपिला शर्मा
उमेर
:- ४३ वर्ष
स्थायी वतन :- जिल्ला बाग्लुङ काठेखोला गा.पा. वडा नं.२ ।
हाल :- जिल्ला काठमाण्डौ
चन्द्रागिरि न.पा. वडा नं.१४ ।
देश :- बेलायत
विगो रकम :- रु. १३,००,०००।– (तेह्र लाख )
पक्राउ मिति :-
२०८२/१०/२४ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ चन्द्रगिरि
न.पा. वडा नं.१४ ।
पीडित संख्या :- १ जना ।
२. नाम
थर :- सन्तोष राई
उमेर
:- ३१ वर्ष
स्थायी वतन :- जिल्ला धनकुटा धनकुटा न.पा.वडा नं.२ ।
हाल :- जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं.२६ ।
देश :- कम्बोडिया
विगो रकम :- रु.३,७०,०००।– (तीन लाख सत्तरी हजार)
पक्राउ मिति :-
२०८२/१०/२४ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा.
वडा नं.२६ ।
पीडित संख्या :- १ जना ।
३. नाम
थर :- कुमारी तामाङ
उमेर
:- ४८ वर्ष
स्थायी वतन :- जिल्ला काभ्रेपलाञ्चोक चौंरीदेउराली गा.पा. वडा
नं.९ ।
हाल :- जिल्ला
काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं.११ ।
देश :- पोर्चुगल
विगो रकम :- रु. १३,६०,०००।– (तेह्र लाख साठी हजार )
पक्राउ मिति :-
२०८२/१०/२५ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा.
वडा नं.४ ।
पीडित संख्या :- १ जना ।