“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२६
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको
प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई
सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश
पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न
स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरणः-
१. नाम थर :- एजाजुल
आलम
उमेर
:- २७ वर्ष
स्थायी वतन :- देश भारत बिहार राज्य मोतिहारी जिल्ला चैनपुर
।
हाल :- जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं.३ ।
देश :- फिनल्याण्ड
विगो रकम :- रु.३०,००,०००।– (तिस लाख)
पक्राउ मिति :-
२०८२/१०/२५ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा.
वडा नं.१२ ।
पीडित संख्या :- ३ जना ।
२. नाम
थर :- राजकुमार लामिछाने
उमेर
:- ४० वर्ष
स्थायी वतन :- जिल्ला धादिङ
ज्वालामूखी गा.पा. वडा नं.१ ।
हाल :- जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं.१६ ।
देश :- जापान
विगो रकम :- रु. २,५०,०००।– (दुई लाख पचास हजार)
पक्राउ मिति :-
२०८२/१०/२६ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा
नं.१६ ।
पीडित संख्या :- १ जना ।