“कस्तुरी मृगको बिना (आखेटोपहार) सहित मानिसहरु पक्राउ”
२०८२-१०-२७
- A
- A-
- A+
जिल्ला काठमाण्डौ
शेषमती एरियामा केही व्यक्तिहरूले बन्यजन्तु कस्तुरीको विनाको ओसारपसार तथा बिक्री
वितरण गर्ने गरेको भन्ने गोप्य सूचना यस कार्यालयमा प्राप्त हुन आएको हुँदा उक्त
कार्यमा संलग्न व्यक्तिहरु सम्बन्धमा अनुसन्धान, पहिचान एवं खोजतलास गर्दै जाँदा यस
कार्यालयबाट खटी गएका प्रहरी टोलीले मिति २०८२।१०।२७ गते जिल्ला काठमाण्डौं
तारकेश्वर न.पा. वडा नं. ११ नेपालटार शेषमती स्थितको सडकबाटोमा हिडिरहेको
अवस्थामा सरोज परियार र जितेन्द्र बहादुर
चन्दलाई पक्राउ गरी निजहरुको शरीर खानतलासी गर्दा सरोज परियारको साथबाट ३० (तिस)
ग्राम तौल भएको कस्तुरी मृगको बिना जस्तो देखिने बास्नादार बस्तु (आखेटोपहार) थान-१
फेला पारी राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण ऐन,२०२९ बमोजिमको कसूरमा थप
अनुसन्धान तथा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार, काठमाण्डौं पठाईएको
।
पक्राउ व्यक्तिको विवरण:-
१) नाम : सरोज परियार
उमेर : ३९ वर्ष
ठेगाना : जिल्ला
नुवाकोट बिदुर न.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा
नं. ११ शेषमती बस्ने ।
२) नाम:- जितेन्द्र
बहादुर चन्द
उमेर:- ३२ बर्ष
ठेगाना :- जिल्ला बैतडी पाटन न.पा.वडा नं.१ घर भई
हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ११ शेषमती बस्ने ।