“ बैकिङ कसुर मुद्दामा फरार रहेकी महिला पक्राउ”
२०८२-१०-२७
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी अपरा कुमारी लामिछाने भएको बैकिङ कसुर मुद्दामा मिति २०८२।१०।२१ गते सम्मानित भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भई फरार रहेकी निम्न वतन भएकी अपरा कुमारी लामिछानेलाई यस कार्यालयबाट खटिएको
प्रहरी टोलीले मिति २०८२।१०।२६ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३२ पेप्सीकोलाबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि
जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाईएको ।
१) पक्राउ व्यक्तिको विवरण:-
नाम :- अपरा कुमारी
लामिछाने
उमेर :- ४८ वर्ष
ठेगाना :- जिल्ला सर्लाही हरिवन न.पा.
वडा नं. ९ घर भई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३२ पेप्सीकोला बस्ने ।
बिगोः- रू.२२,००,०००।– (बाइस लाख) ।