“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२७
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको
प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई
सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश
पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न
स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरणः-
१. नाम थर :- धन
बहादुर फिँयाक
उमेर
:- ३९ वर्ष
स्थायी वतन :- जिल्ला झापा कमल गा.पा. वडा नं.३ ।
हाल :- जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं.२६ ।
देश :- ग्रीस र अल्बानिया
विगो रकम :- रु.३८,२५,०००।– (अठतिस लाख पच्चिस हजार)
पक्राउ मिति :-
२०८२/१०/२६ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ टोखा न.पा.
वडा नं.७ ।
पीडित संख्या :- ३ जना ।
२. नाम
थर :- सुभाष श्रेष्ठ
उमेर
:- २४ वर्ष
स्थायी वतन :- जिल्ला धादिङ गजुरी
गा.पा. वडा नं.६ ।
हाल :- जिल्ला काठमाण्डौ
नागार्जुन न.पा. वडा नं.९ ।
देश :- लात्भिया
विगो रकम :- रु.१,५०,०००।– (एक लाख पचास हजार)
पक्राउ मिति :-
२०८२/१०/२७ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा
नं.१० ।
पीडित संख्या :- १ जना ।