“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-१०-२८
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको
प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई
सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश
पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला भक्तपुर सूर्यविनायक न.पा.
वडा नं.२ बाट पक्राउ गरी
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा
पठाईएको ।
पक्राउ व्यक्तिको विवरणः-
१. नाम थर :- जटाधर
राउत
उमेर
:- ४१ वर्ष
स्थायी वतन :- जिल्ला महोत्तरी सम्सी गा.पा. वडा नं.१ ।
हाल :- जिल्ला भक्तपुर
सूर्यविनायक न.पा. वडा नं.१ ।
देश :- बेलायत र रोमानिया
विगो रकम :- रु.८०,००,०००।– (असि लाख)
पक्राउ मिति :-
२०८२/१०/२७ गते ।
पक्राउ स्थान :- जिल्ला भक्तपुर सूर्यविनायक न.पा.
वडा नं.२ ।
पीडित संख्या :- ५ जना ।