“हुण्डी कारोबारमा संलग्न दुईजना डेढ करोड रकम सहित पक्राउ”
२०७८-११-२३
- A
- A-
- A+
का.जि.का.म.न.पा. वडा नं. १३, ताहचल डेरा गरी काठमाडौंको
मख्खनमा बिमला इन्टरनेशनल प्रा.लि. सञ्चालन गरी नक्कली गर-गहना(Artificial jewelry) को होलसेल कारोबार गरी बस्ने भारतीय नागरीक अमित कुमार अग्रवाल समेतका
व्यक्तिहरूले राजस्व छली गैरकानूनी रूपमा हुण्डी मार्फत वित्तिय कारोबार गर्दै
आइरहेको छन् भन्ने गोप्य सूचनाको आधारमा निजहरूको सम्बन्धमा अनुसन्धान तथा निगरानी
गर्ने क्रममा मिति २०७८/११/२२ गते अन्दाजी १५:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा
नं. १३ ताहचल स्थित अमित कुमार अग्रवाल बस्ने
घरको गेट अगाडी बर्ष २४ को बिकी खड्गीलाई फेला पारी सोधपुछ गर्दा मैले
कालीमाटी स्थित जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट रू. पचास लाख(५०,००,०००।-)
ल्याई अमित कुमार अग्रवालको कोठामा पुर्याईदिएको भनी खुल्न आएको हुँदा निज अमित
कुमार अग्रवालको डेरा कोठा खानतलासी गर्दा नेपाली नगद रू एक करोड पचास लाख(
१,५०,००,०००।-) फेला परेको र निजहरूलाई थप
अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान बिभाग, हरिहरभवन, ललितपुर पठाईएको ।
पक्राउ मानिसहरु:-
१) नाम:– बिक्की खड्गी
उमेर :– २४
बर्ष
ठेगाना:– का.जि.का.म.न.पा.
वडा नं. १९, टङ्केश्वरी
हालको ठेगाना:-
जिल्ला काठमाण्डौ कीर्तिपुर न.पा. वडा नं. ०३
बरामद सामानहरू:-
१.नगद रु. २४,०००।–
२.बिभिन्न चेक, भौचर प्याड
३.मोबाइल थान १
२) नाम:– अमित कुमार अग्रवाल
उमेर :– ३२ बर्ष
ठेगाना:–
देश भारत, प्रान्त पश्चिम बङ्गाल, जिल्ला दार्जलिङ, सिलिगुरी
हालको ठेगाना:-
जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न १३ ताहचल
बरामद सामानहरू:-
१.नगद रु. १ करोड पचास लाख
२. ल्यापटप, २ थान मोबाईल थान १
३.कारोबार सम्बन्धी बिभिन्न कागजपत्रहरू