“बैकिङ कसुरमा फरार व्यक्ति पक्राउ”
२०७८-११-२५
- A
- A-
- A+
श्री उच्च अदालत, पाटन ललितपुरको मिति २०७७।०९।२४ र २०७८।०८।२१ गतेको फैसलाले रू. ११,००,०००।- (एघार लाख रूपैँया) जरिवाना र ४ दिन कैद तोकि फरार रहेका जिल्ला अर्घाखाँची, साविक अर्घातोष गा.वि.स. वडा नं.०९ परिवर्तित मालारानी गा.पा.वडा नं.०२ घर भई हाल का.जि.नयाँ बानेश्वर बस्ने वर्ष ४९ को कृष्ण प्रसाद बन्जाडेलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।२५ गते का.जि.थापागाँउबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७८।११।२५ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको ।
पक्राउ
व्यक्ति:
१.
नाम : कृष्ण प्रसाद बन्जाडे
उमेर : ४९ बर्ष
ठेगाना : जिल्ला अर्घाखाँची, साविक अर्घातोष गा.वि.स.वडा नं.०९
परिवर्तित मालारानी गा.पा.वडा नं.०२
हाल : का.जि.नयाँ बानेश्वर