“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७८-११-२७
- A
- A-
- A+
श्री सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७८।०८।२१ गतेको फैसलाले रू.९,९०,०००।–(नौ लाख नब्बे हजार) जरिवाना तोकी फरार रहेकी जिल्ला गोरखा, साविक सौरपानी गा.वि.स. वडा नं.०३ परिवर्तित बारपाक सुलिकोट गा.पा.वडा नं.०४ घर भई का.जि.रामकोट बस्ने वर्ष ३६ की शान्ता कोईराला दवाडीलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।२७ गते का.जि.सितापाईलाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७८।११।२७ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत उपस्थित गराईएको ।
१. नाम : शान्ता कोईराला दवाडी
उमेर : ३६ बर्ष
ठेगाना: जिल्ला गोरखा, साविक सौरपानी
गा.वि.स. वडा नं.०३ परिवर्तित बारपाक सुलिकोट गा.पा.वडा नं.०३
हाल : का.जि.रामकोट