“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७८-११-२७
- A
- A-
- A+
|
मौसम उपाध्यायको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जि.गोरखा, साविक अश्राङ गा.वि.स.वडा नं.०६ परिवर्तित भिमसेन थापा गा.पा.वडा नं.०६ घर भई का.जि.का.म.न.पा.वडा नं.२६ गोंगबु बस्ने वर्ष २५ को निसम वि.क.भएको बैकिंङ्ग कसुर मुद्दामा निजको नाममा सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ पुर्जी समेत जारी भएका निज प्रतिवादीलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।२६ गते का.जि.बनस्थलिबाट पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७८।११।२६ गते महानगरीय प्रहरी परिसर, काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्ति:
१. नाम : निसम वि.क.
उमेर : २५ बर्ष
ठेगाना : जि.गोरखा, साविक अश्राङ
गा.वि.स.वडा नं.०६ परिवर्तित भिमसेन थापा गा.पा.वडा नं.०६
हाल : का.जि.गोंगबु