“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७८-११-२७
- A
- A-
- A+
|
श्री सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७८।०८।१२ गतेको फैसलाले रू.९,००,०००।–(नौ लाख) जरिवाना र ४ दिन कैद तोकी फरार रहेका जिल्ला मकवानपुर, साविक हटिया गा.वि.स. वडा नं.०३ परिवर्तित हेटौडा उपमहानगरपालिका वडा नं.१७ घर भई का.जि.मनमैजु बस्ने वर्ष ३२ को मुन्दिप भुजेललाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।२६ गते का.जि.मनमैजुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७८।११।२७ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत उपस्थित गराईएको ।
पक्राउ व्यक्ति:
१. नाम : मुन्दिप भुजेल
उमेर : ३२ बर्ष
ठेगाना: जि.मकवानपुर, साविक हटिया
गा.वि.स.वडा नं.०३ परिवर्तित हेटौडा उप-म.न.पा.वडा नं.१७
हाल : का.जि.मनमैजु