“अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न ब्यक्ति पक्राउ”
२०७८-११-३०
- A
- A-
- A+
आफूलाई बिदेशी नागरीक बताउने Whatsapp No +447433813800 प्रयोगकर्ता Dr. Johan
Lawrence नामक ब्यक्तिले सामाजिक संजाल Facebook, Whatsapp को माध्यमबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, साथै सुनको सिक्री, २ लाख
पाउण्ड भएको सुटकेश समेतको पार्सल पठाएको छु, भनी म्यासेज पठाएको केहि समय पछी
प्रताप राना सिंह नाम बताउने ब्यक्तिले पीडितलाई Whatsapp
मार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनको लागी Tax रकम
तिर्नुपर्छ भनी भ्रमपुर्ण बिश्वासमा पारी बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक
खाता नम्बर र IME को माध्यमबाट रु. २९,४०,०००।– (अक्षरुपी
उन्तिस लाख चालिस हजार) रकम जम्मा गर्न लगाई लिई ठगी गर्ने कार्यमा संलग्न जिल्ला
काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाँउपालिका वडा नं. ४ घर भई हाल भक्तपुर ठिमि बस्ने
बर्ष ३८ को गान्दिप गौतमलाई मिति २०७८।११।३० गते पक्राउ गरी ठगी सम्बन्धी कसूरमा
आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।
पक्राउ ब्यक्ति
नामथर :- गान्दिप गौतम
उमेर :- ३८ बर्ष
ठेगानाः- जिल्ला काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाँउपालिका वडा नं. ४ घर भई हाल भक्तपुर ठिमि