“ जग्गा बैना गरी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७८-१२-०६
- A
- A-
- A+
जिल्ला मोरङ बेलबारी न.पा. वडा नं. ३ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ बस्ने वर्ष ४० की सीमा सुवेदीले जग्गा खरिद गर्नको लागि खोजी गर्ने क्रममा ध्रुव प्रसाद घिमिरेसँग चिनजान हुँदा निज ध्रुव प्रसाद घिमिरेले मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको भक्तपुर जिल्ला साविक दुवाकोट गा.वि.स. वडा नं.१ (ग) १ का कित्ता नं. ८०३, ७२८, ७२९ का जग्गाहरू मिति २०७७/०९/२३ गते देखाई उल्लेखित कित्ताहरू मध्येको कि.नं. ७२८ बाट कित्ताकाट गरी प्रतिआना रू.२१,००,०००।–( अक्षेरुपी एक्काइस लाख) को दरले ४ आना जग्गा नापजाँच गरी राजिनामा पास गरी दिने भनि विश्वास दिलाई जाहेरवालाको नामको राष्ट्रिय बाणिज्य बैंक थापाथली शाखाको चेकबाट र ग्लोबल आईएमई बैक शंखमुल शाखाको चेकबाट पटक पटक गरी जम्मा रू. ४५,५०,०००।– (अक्षेरुपी पैँतालिस लाख पचास हजार) चेक मार्फत् रकम लिई केहि समय पश्चात् सम्पर्क विहिन भएपछि मिति २०७८/११/०६ गते मालपोत कार्यालय भक्तपुरमा गई बुझ्दा बिक्री गर्ने भनी बैना गरेको उक्त जग्गा अर्कै व्यक्तिको नाममा राजिनामा पास गरी बिक्री गरेको थाहा भएपछि निज ध्रुव प्रसाद घिमिरेले ठगी गरेको थाहा पाई कानून बमोजिम कारवाही गरी पाउँ भनी जाहेरी दरखास्त यस महाशाखामा प्राप्त भएको र अनुसन्धानको क्रममा निज ध्रुव प्रसाद घिमिरेले ठगी गरेको खुल्न आएको हुँदा सम्मानित काठमाडौँ जिल्ला अदालतको पक्राउ अनुमति लिई यस महाशाखाबाट खटिएको विशेष टोलिले मिति २०७८।१२।०४ गते साँझ १८:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. १ दरबारमार्गबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाईएको ।
निम्नः-
१. नाम थर : ध्रुव प्रसाद घिमिरे
उमेर : ४९ वर्ष
वतन : जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ३ स्थाई घर भई हाल जि.
काभ्रेपलाञ्चोक
धुलिखेल न.पा. वडा नं. ४