“ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गर्ने व्यक्तिहरु पक्राउ”
२०७८-१२-१०
- A
- A-
- A+
मिति २०७८।१२।०९ गते जिल्ला ललितपुर महालक्ष्मी डेरा गरी बस्ने बर्ष २५ को सुरज खड्कालाई जिल्ला काठमाण्डौं शंखमुल पुल नजिक फलफूल पसल अगाडी जिल्ला दोलखा, नाम्दु घर भई हाल काठमाण्डौं जडिवुटी बस्ने विकाश लामा समेतको ८/९ जनाको समूहले आर्थिक कारोवार तथा प्रेम सम्बन्धी कुरामा विवाद भई खुकुरी प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेको घटनामा यस महाशाखाको बिशेष अनुसन्धान टोलिले घटनामा संलग्न राजेश बुढाथोकी समेत ५ जनालाई मिति २०७८।१२।०९ गते काठमाण्डौं उपत्यकाको बिभिन्न स्थानहरुबाट घटनामा प्रयोग भएको खुकुरी र मो.सा. सहित पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागी मिति २०७८।१२।१० गते महानगरीय प्रहरी बृत्त, बानेश्वर, काठमाण्डौं पठाईएको ।