“ बैंकिङ कसुर मुद्दाको फरार ब्यक्ति पक्राउ ”
२०७८-१२-११
- A
- A-
- A+
रबिन्द्र थापाको जाहेरीले बैंकिङ
कसुर मुद्दामा श्री उच्च अदालत पाटनबाट मिति २०७७।०८।२२ गतेको फैसलाले प्रतिवादी कृष्ण बहादुर
थापालाई रु १,२५,००,०००।– ( एक करोड पच्चिस लाख ) को विगो वापतको रकम जरिवाना र सो को कानुन बमोजिम
हुने व्याज समेतको विगो दाखिला गर्नु पर्नेमा सो नगरी फरार रहेकोले मिति २०७८।११।२०
गतेको श्री सम्मानित कामाण्डौ जिल्ला अदालतबाट १ वर्ष कैद सजाय र
पक्राउ पुर्जी जारी भई हाल फरार
रहेका जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं.८ घर भई हाल जिल्ला बारा जितपुर
सिमरा उप.म.न.पा. वडा नं. २ बस्ने कृष्ण
बहादुर थापालाई जिल्ला प्रहरी कार्यालय बारासँग समन्वय राखी यस महाशाखाबाट खटि गएको प्रहरी टोलीले मिति
२०७८।१२।१० गते बिहान अ.८:३० बजेको समयमा जिल्ला बारा जितपुर सिमरा
उपमहानगरपालिका वडा नं. ४ बाट नियन्त्रणमा लिई फैसला कार्यान्वयनको लागि सम्मानित
काठमाण्डौ जिल्ला अदालत,बबरमहल काठमाण्डौमा पठाईएको ।
पक्राउ पर्ने ब्यक्तिः-
नामः- कृष्ण बहादुर थापा
उमेरः- ६८ वर्ष
ठेगानाः- जिल्ला काठमाण्डौ
बुढानिलकण्ठ न.पा.वडा नं. ८
हालः-जिल्ला बारा जितपुर सिमरा
उप.म.न.पा. वडा नं. २