“संरक्षित बन्यजन्तुको अखेटोपहार सहित मानिसहरु पक्राउ”
२०७८-१२-२२
मिति २०७८।१२।२१ गते जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं. १ मनोहरा नयाँबस्तिमा संरक्षित बन्यजन्तु कस्तुरीको विना र भालुको पित्तको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको अधारमा यस महानगरीय अपराध महाशाखा बाट खटि गएको बिशेष प्रहरी टोलीले उक्त कारोबारमा संलग्न निम्न ब्यक्तिहरुलाई भालुको पित्त र कस्तुरीको विना जस्तो देखिने वास्नादार बस्तु सहित पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला डिभिजन बन कार्यालय भक्तपुर पठाईएको ।
पक्राउ परेका व्यक्तिहरु :-
१.जिल्ला भक्तपुर मध्यपुरथिमी न.पा.वडा नं.१ मनोहरा नयाँबस्ती बस्ने जसनन्द बेगाको छोरा बर्ष ४७ को क्षत्र बहादुर बेगा ।
२.जिल्ला जुम्ला सिंजा गा.पा.वडा नं. ६ काडागाँउ घर भई हाल काठमाण्डौ कोटेश्वर बस्ने नरेन्द्र बुढाको छोरा बर्ष १८ को गोपाल बुढा क्षेत्री ।
३.जिल्ला पाँचथर याङवरक गा.पा. वडा नं.२ तिनतिम्बो घर भई हाल काठमाण्डौ जोरपाटी नयाँबस्ति बस्ने बलीराज बेगाको छोरा बर्ष ४६ को लोकेन्द्र बेगा ।
बरामद समाग्री :-
१.कस्तुरीको विना जस्तो देखिने वास्नादार बस्तु थान-५
२.भालुको पित जस्तो देखिने बस्तु थान-५