“ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ ’’
२०७९-०१-०८
सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७८/११/२३ गते भएको फैसलाले रु.७,९१,०००/- ( सात लाख एकानब्बे हजार रुपैँया) जरिवाना , ४ (चार) दिन कैद र क्षतीपुर्ती बापत रु.३१,६६०/- ( एकतिस हजार छ सय साठ्ठी रुपैँया ) जरिवाना तोकी फरार रहेका जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गा.पा. वडा नं.-४ स्थायी घर भई हाल का.जि. कागेश्वरी मनहरा न.पा.-९ गोठाटार बस्ने वर्ष ४२ को विरेन्द्र कुमार गौतमलाई यस काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०१/०७ गते जिल्ला काठमाण्डौं मनहरा न.पा. वडा नं.-९ गोठाटारबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि मिति २०७९/०१/०८ गते ललितपुर जिल्ला अदालत , तहसिल शाखा, लगनखेलमा उपस्थित गराईएको ।
पक्राउ प्रतिवादीः-
नामः- विरेन्द्र कुमार गौतम
उमेरः- ४२ वर्ष
स्थायी ठेगानाः- जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गा.पा. वडा नं.-४
हालको ठेगानाः- जिल्ला काठमाण्डौं कागेश्वरी मनहरा न.पा. वडा नं.-९ गोठाटार
पक्राउ मितिः- २०७९/०१/०७ गते ।
पक्राउ स्थानः- जिल्ला काठमाण्डौं मनहरा न.पा. वडा नं.-९ गोठाटार
पक्राउ गर्ने कार्यालयः- काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन ।