“ दुबई पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ ”
२०७९-०१-१६
जिल्ला पर्सा विरगञ्ज म.न.पा. वडा नं. ५ स्थाई घर भई हाल जिल्ला ल.पु. ठेचो बस्ने वर्ष ३३ को विकास तामाङ समेतले जिल्ला मोरङ रतुवामाई न.पा. वडा नं. ९ इटहरा स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १० शान्तिनगर बस्ने वर्ष २० को बिक्रम मिश्र समेत ५ जनालाई भिजिट भिषामा ( युनाइटेड अरब इमिरेट्स ) दुबई जान प्रतिव्यक्ति रु. १,९०,००० ।- (अक्षरुपी एक लाख नब्बे हजार रुपैयाँ) लाग्छ, दुबई पुगे पछि प्रतिष्ठित कम्पनी Al-Saya मा Salesman मा काम लगाइदिन्छु कम्तीमा मासिक ३०००/- दिराम तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज बिक्रम मिश्र समेत ५ जनाबाट प्रतिव्यक्ति रु. १,९०,०००।- (अक्षरुपी एक लाख नब्बे हजार रुपैयाँ) का दरले जम्मा रु. ९,५०,०००/- ( अक्षेरुपी नौ लाख पचास हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनि पत्राचार भएकोमा विपक्षीहरूमध्ये विकास तामाङलाई मिति २०७९।०१।१५ गते का.जि.का.म.न.पा. चुच्चेपाटीबाट र हरी बहादुर तामाङलाई मिति २०७९।०१।१६ गते जि.ललितपुर ल.पु.म.न.पा. वडा नं. ४ जावलाखेलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
१. नाम थर : विकास तामाङ
उमेर : ३३ वर्ष
वतन : जिल्ला पर्सा विरगञ्ज म.न.पा. वडा नं. ५ स्थाई घर भई हाल जिल्ला
ल.पु. ठेचो
२. नाम थर : हरी बहादुर तामाङ
उमेर : ६० वर्ष
वतन : जिल्ला पर्सा विरगञ्ज म.न.पा. वडा नं. ५ स्थाई घर भई हाल जिल्ला
ल.पु. ठेचो