“ सुनौलो रंगको कछुवा सहित पक्राउ”
२०७९-०१-२२
- A
- A-
- A+
जिल्ला काठमाण्डौ चावहिल एरियामा दुर्लभ वन्यजन्तु खैरो
रंगको कछुवा अबैध रुपमा बिक्री बितरण तथा ओसारपसार गरी ल्याई नगद रु २०,००,०००/- (
बिस लाख) मा कारोबार हुदैछ भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्ने क्रममा यस कार्यालयबाट
खटिएको प्रहरीटोलीले जिल्ला काठमाण्डौ
का.म.न.पा.वडा न ७ चावहिल स्थित खोटाङ हलेसी गेष्ठ हाउसको चौथो तलाबाट आशिष थापा
घर्तीको साथमा रहेको कालो झोला भित्र राखेको अबैध सुनौलो रंगको कछुवा १ (एक) थान फेला पारी आवश्यक
कारबाहिको लागी जिल्ला बन कार्यालय हात्तिसार काठमाण्डौ पठाईएको ।
पक्राउ मानिसको बिबरण :-
नाम :- आशिष
थापा घर्ती
उमेर :- २३
बर्ष
स्थाई ठेगाना :-
जिल्ला काठमाण्डौ किर्तिपुर न.पा.वडा न ८
हालको बसोबास :-
जिल्ला काठमाण्डौ शंखरापुर, साखु ।
बरामद बस्तु :-
१.सुनौलो रंगको कछुवा १ थान
२.मोवाईल १ थान