" कुटपिट गरी हत्या पश्चात शव खोलामा फाली फरार रहेका व्यक्तीहरु पक्राउ"
२०७९-०२-०९
- A
- A-
- A+
मिति २०७९/०१ /२८ गते का.जि. का.म.न.पा.-१६, नयाँबजार विष्णुमती पुल नजिक “बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसर” भित्र रहेको भवनको कोठामा जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा.-८, बराम्चे घर भएको वर्ष अं. ३५ को जिवन भन्ने कान्छा लामा तामाङलाई जि. मकवानपुर बाग्मती गा.पा. ६ फापरबारी सानो कायर स्थायी घर भएको ठोकर कान्छा भन्ने कान्छामान ठोकर, जि. ललितपुर गोदावरी न.पा. ६, लेले घर भएकी गायत्री नगरकोटी र जि. मकवानपुर बाग्मती गा.पा. फापरबारी ठुलो कायर घर भएको दिपक वाइवा तामाङ समेत मिलेर कुटपिट गरी टाउकोमा हम्मरले हान्नुको साथै घाँटीमा सलले कसेर हत्या गरेको, हत्या पश्चात खुट्टा खुम्चाई उक्त सलले बाँधी मृत शवलाई सेतोमा रातो रँगको बुट्टे तन्ना र खरानी रङको म्याट्रिसले बेरेर प्लाष्टिकको सुन्तला रङको डोरी र सेतो डोरीले तिन ठाँउमा बाँधी कान्छामान ठोकर र गायत्री नगरकोटीले विष्णुमती खोलामा लगी फालेकोमा मिति २०७९/०२/०५ गते का. जि. दक्षिणकाली न. पा.-०१, पावर हाउस नजिक बाग्मती नदि किनारमा मृत शव सडिगली रहेको अबस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा मिति २०७९/०२/०६ गते काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागी काठमाण्डौ प्रहरी परिसर टेकु पठाईएको ।
पक्राउ अभियुक्त:
नाम : ठोकर
कान्छा भन्ने कान्छामान ठोकर
उमेर : ४५ बर्ष
ठेगाना : जि. मकवानपुर बाग्मती गा. पा. ६, फापरबारी ठुलो कायर
नाम : गायत्री
नगरकोटी
उमेर : ४० बर्ष
ठेगाना : जि.
ललितपुर गोदावरी न. पा. ६, लेले