" हत्यामा संलग्न रही फरार भएका व्यक्ती पक्राउ"
२०७९-०२-१७
- A
- A-
- A+
मिति २०७९/०१ /२८ गते का.जि. का.म.न.पा.-१६, नयाँबजार विष्णुमती पुल नजिक “बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसर” भित्र रहेको भवनको कोठामा जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा.-८, बराम्चे घर भएको वर्ष अं. ३५ को जिवन भन्ने कान्छा लामा तामाङलाई हत्या गरेको घटनामा जि. मकवानपुर बाग्मती गा.पा. ६ फापरबारी सानो कायर स्थायी घर भएको ठोकर कान्छा भन्ने कान्छामान ठोकर र जि. ललितपुर गोदावरी न.पा. ६, लेले घर भएकी गायत्री नगरकोटीले कुटपिट गरी टाउकोमा हम्मरले हान्नुको साथै घाँटीमा सलले कसेर हत्या गरेको, हत्या पश्चात मृत शवलाई सेतोमा रातो रँगको बुट्टे तन्ना र खरानी रङको म्याट्रिसले बेरी प्लाष्टिकको सुन्तला रङको डोरी र सेतो डोरीले तिन ठाँउमा बाँधी कान्छामान ठोकर र गायत्री नगरकोटीले विष्णुमती खोलामा लगी फालेकोमा मिति २०७९/०२/०५ गते का. जि. दक्षिणकाली न. पा.-०१, पावर हाउस नजिक बाग्मती नदि किनारमा मृत शव सडिगली गएको अबस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा मिति २०७९/०२/०६ गते ठोकर कान्छा भन्ने कान्छामान ठोकर र गायत्री नगरकोटीलाई पक्राउ गरीएकोमा निजहरुको बयानको क्रममा जि. मकवानपुर बाग्मती गा.पा. फापरबारी ठुलो कायर घर भएको दिपक लामा वाईवा पनि सो घटनामा संलग्न रहेको भन्ने खुल्न आएकोले निज दिपक लामा वाईबालाई मिति २०७९/०२/१६ गते काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले काठमाण्डौको कलंकीबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौं, टेकु पठाईएको ।
पक्राउ अभियुक्त:
नाम : दिपक
लामा वाईबा
उमेर : ४१ बर्ष
ठेगाना : जि.
मकवानपुर बाग्मती गा. पा. ६, फापरबारी ठुलो कायर