न्युजिल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-०२-१७
जिल्ला नवलपुर कावासोती न.पा. बडा नं.-८ स्थायी घर भई हाल जिल्ला भक्तपुर ठिमी न.पा. वडा नं. ४ बस्ने वर्ष २८ को विकास जोशी र जिल्ला तनहुँ रिसिङ गा.पा. वडा नं. ५ स्थायी घर भई हाल जिल्ला भक्तपुर ठिमी न.पा. वडा नं. ४ बस्ने वर्ष २७ को अमृत चन्दलाई जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं. -९ स्युचाटार बस्ने वर्ष ४५ को विकास भट्टराई खत्रीले वर्किङ भिषामा न्युजिल्याण्ड जान प्रति ब्यक्ति १५,००,०००।- (अक्षरुपी पंन्ध्र लाख रुपैयाँ) लाग्छ, न्युजिल्याण्ड पुगेपछि कृषि फर्ममा काम लगाइदिन्छु, कम्तिमा मासिक २,५०,०००।- (अक्षरुपी दुई लाख पंचास हजार रुपैयाँ) तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज २ जनाबाट प्रतिव्यक्ति रु. १५,००,०००।- (अक्षरुपी पंन्ध्र लाख रुपैयाँ) का दरले जम्मा रु. ३०,००,०००।-(अक्षेरुपी तिस लाख रुपैयाँ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनि पत्राचार भएकोमा विपक्षी विकास भट्टराई खत्रीलाई मिति २०७९।०२।१७ गते जि.का. नागार्जुन न.पा. वडा नं. -९ स्युचाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
नाम : विकास भट्टराई खत्री
उमेर : ४५वर्ष
वतन : जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं.-९ स्युचाटार