“ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०२-१९
मिति २०७८।१२।०९ गते अं.१३:१० बजेको समयमा काठमाण्डौं जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.३१ शंखमुल स्थित भोटाहिटी फलफूल पसल अगाडी उभिरहेका वर्ष २५ को सुरज खड्कालाई रोशन लामा समेतका व्यक्तिहरूले धारिलो हतियार खुकुरी प्रहार गरी गम्भिर घाईते वनाई ज्यान मार्ने उद्योग कसुर गर्ने मध्येका ५ जनालाई तत्काल पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारवाहिको लागि प्रहरी वृत्त, नयाँबानेश्वर पठाईएको ।
सोही वारदातमा संलग्न रही फरार रहेका जिल्ला दोलखा, वैतश्वर गा.पा.वडा नं.०६ नाम्दु घर भई हाल का.जि.का.म.न.पा.वडा नं.३२ नरेफाँट बस्ने वर्ष ३० को विकाश तामाङलाई यस कार्यालयको बिशेष अनुसन्धान टोलिले मिति २०७९।०२।१८ गते का.जि.बौद्धबाट पक्राउ गरी मिति २०७९।०२।१९ गते प्रहरी वृत्त, नयाँबानेश्वर, काठमाण्डौं पठाईएको ।
पक्राउ प्रतिवादी :
१. नाम : विकाश तामाङ
उमेर : ३० वर्ष
ठेगाना : बैतेश्वर-०६, दोलखा
हाल : का.जि.नरेफाँट