“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०२-२०
- A
- A-
- A+
सम्मानित उच्च अदालत, पाटन ललितपुरको मिति २०७९।०१।०४ गतेको फैसलाले रू.१,००,००,०००।-(एक करोड रूपैयाँ) जरिवाना र १ (एक) महिना कैद सजाय हुने ठहरी फैसला भई फरार रहेका जिल्ला काठमाण्डौ साविक गागलफेदी गा.वि.स.वडा नं.०२ हाल परिवर्तित कागेश्वरिमनोहरा न.पा.वडा नं.०१ बस्ने वर्ष ४८ को रामेश्वर चौलागाई लाई यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति २०७९।०२।१९ गते का.जि.का.म.न.पा.वडा नं.३१ भिमसेनगोलाबाट पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७९।०२।२० गते सम्मानित काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको ।
पक्राउ प्रतिवादी:
१. नाम : रामेश्वर चौलागाई
उमेर : ४८ बर्ष
ठेगाना : का.जि.गागलफेदी गा.वि.स.वडा
नं.०२ हाल परिवर्तित कागेश्वरिमनोहरा न.पा.वडा नं.०१