ज्यान मार्ने उद्योग मुद्दाका फरार ब्यक्ति पक्राउ
२०७९-०२-२३
- A
- A-
- A+
मिति २०७८।११।२५ गते बिहान अं ८:३० बजेको समयमा का.जि.का.म.न.पा.१० मध्यबानेश्वर हाईट सडक खण्डमा जिल्ला अछाम मंगलसेन न.पा.३ घर भई हाल का.जि. मैतिदेवी बस्ने बर्ष ३३ को कमान सिंह बोगटीलाई जिल्ला बर्दिया गुलरिया न.पा.६ घर भई हाल का.जि.का.म.न.पा.३१ बानेश्वर बस्ने बर्ष ३६ को कपिल भण्डारी समेतले पुर्ब रिसिबिका कारण अन्धाधुन्ध रुपमा धारिलो हतियार (खुकुरी) प्रहार गरी गम्भिर घाईते बनाई फरार भएको घटनामा निज फरार प्रतिबादी जिल्ला सुनसरी धरान उ.म.न.पा.को एरियामा लुकिछिपि बसी रहेको छ भन्ने गोप्य सुचनाको आधारमा मिति २०७९।०२।२१ गते यस कार्यालयबाट खटि गएका बिशेष प्रहरी टोलीले ई.प्र.का.धरानको सहयोगमा पक्राउ गरी ल्याई थप अनुसन्धान एवं कारवाहीका लागि प्रहरी बृत नयाँबानेश्वर पठाईएको ।