काठमाण्डौको टंकेश्वर कालीमाटी एरियाबाट गैरकानुनी रुपमा हुण्डीको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०७९।०२।२१ गते जिल्ला बारा पचरौता न.पा.वडा नं. ७ घर भई हाल का.जि.का.म.न.पा.१३ बस्ने बर्ष ५४ को जय कमल साह कलवारलाई स्रोत नखुलेको नेपाली रुपैया १७,६६,३००।- र भारतीय रुपैया १२,०८,७००।– गरी जम्मा नेपाली रुपैया रु ३७,००,२२०।- (अक्षेरुपी रु सैंतिस लाख दुई सय बिस मात्र ।-) सहित पक्राउ गरी थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाईएको ।
पक्राउ ब्यक्ति:-
नाम:- जयकमल साह कलवार
उमेर:-५४ बर्ष
ठेगाना:-जि.बारा पचरौता न.पा.वडा नं.७
हाल ठेगाना:-का.जि.का.म.न.पा.वडा नं.१३,कालीमाटी
बरामद सामान :-
नेपाली पैसा रु १७,६६,३००।-
भारतीय रु १२,०८,७००।–
जम्मा नेपाली रुपैया ३७,००,२२०।-