“YOYOSO को डिपार्मेन्ट स्टोरबाट सामान चोरी गर्ने मानिस पक्राउ ”
२०७९-०२-२५
- A
- A-
- A+
घटना विवरण:-
- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा न २८ पुतलीसडकमा मुख्य कार्यालय रहेको YOYOSO सुपर मार्केट प्रा.लि.को बिभिन्न शाखा कार्यालयबाट सामान किन्ने बहाना बनाई डिपार्मेन्ट स्टोरमा प्रबेश गरी बिभिन्न सर सामान चोरी गर्ने मानिसको खोजी गर्ने क्रममा उक्त चोरी कार्यमा संलग्न रहेका जिल्ला काठमाण्डौ का.म.न.पा.वडा न ९ गौशाला घर भई हाल का.जि.का.म.न.पा. वडा न ४ चन्डोल बस्ने बर्ष ५१ को मुना सिंह लाई चोरी गरी लगेका बिभिन्न सर सामान सहित मिति २०७९/०२/२३ गते अ.१७:०० बजेको समयमा का.जि. चन्डोलबाट पक्राउ गरी आवश्यक कारबाहिको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
१) नाम:–
मुना सिंह
उमेर :– ५१ बर्ष
ठेगाना:– जिल्ला
काठमाण्डौ का.म.न.पा.वडा ९
हाल:- का.जि. का.म.न.पा.वडा न ०४, चण्डोल
बरामद भएका सामानहरु:-
१.G.G.कम्पनीको सानो हाते पंखा १ थान
२.M
लेखिएको सानो हाते पंखा १ थान
३.हुक ४ थान
४.Wooden
Mirror लेखिएको ऐना १ थान
५.टाबेल ९ थान
६.जेन्स अण्डरवेएर
३ थान
७. स्पिकर १ थान
८.प्रदेश ३—२-००६ प ४३१७ नम्बरको यामाहा स्कुटर १ थान
९.मोवाईल १ थान