" सम्मानित अदालतबाट ११ लाख ५० हजार जरिवाना र कैद सजाय समेत तोकिई फरार रहेका प्रतिवादी पक्राउ "
२०७९-०२-२७
- A
- A-
- A+
विदुर
पौडेल, प्रदिप बास्कोटा, दिपक बहादुर अधिकारी,
बालकृष्ण थापा मगरको छुट्टाछुट्टै जाहेरीले वादी
नेपाल सरकार प्रतिवादी अनिल मोक्तान भएको बैंकिङ कसुर मुद्दा
(थान-४) मा सम्मानित उच्च अदालत, पाटन ललितपुरको विभिन्न
मितिको फैसलाले निज प्रतिवादी अनिल मोक्तानलाई जाहेरवालाहरूको जम्मा बिगो रू.११,५०,०००।-
(एघार लाख पचास हजार) भराई बिगो बमोजिम जरिवाना र जम्मा ७ दिन कैद तोकिई हाल सम्म
फरार रहेको हुँदा निज प्रतिवादी दिपक कार्कीको खोजतलास गर्न यस कार्यालयबाट खटिएको
टोलीले फरार प्रतिवादी अनिल मोक्तानको निग्रानी राखी खोजतलास गर्ने क्रममा मिति
२०७९।०२।२७ गते काठमाण्डौको महाराजगंजमा निजलाई फेला पारी पक्राउ गरी फैसला
कार्यन्वयनको लागि आज सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको ।
पक्राउ परेका प्रतिवादी :
नाम : अनिल मोक्तान ।
उमेर : ५६ वर्ष
ठेगाना : जिल्ला काभ्रेपलान्चोक भुम्लु गाउपालिका वडा नं. ५ घर भई
हाल
जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३ महाराजगंज बस्ने ।