“ठगी, अपराधिक विश्वासधात कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०२-३०
- A
- A-
- A+
मो. तैयव अली समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रामदेव साह तेली समेत भएको ठगी, आपराधिक विश्वासघात कसूर मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला धनुषा, खरहानी गा.वि.स.वडा नं.०५ हाल परिवर्तित सबैला नगरपालिका वडा नं.१० बस्ने वर्ष ४५ की अनुराधा कुमारी साहलाई यस कार्यालयबाट खटिएको अनसुन्धान टोलीले मिति २०७९।०२।२८ गते काठमाण्डौ जिल्ला बुद्धनगरबाट पक्राउ गरी अनुसन्धानको लागि मिति २०७९।०२।२९ गते ईलाका प्रहरी कार्यालय, कल्याणपुर,सप्तरी पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।
पक्राउ प्रतिवादी :
नाम: अनुराधा कुमारी साह
उमेर : ४५ वर्ष
ठेगाना: सबैला-१०, धनुषा
हाल :काठमाण्डौ जिल्ला, गौशाला