प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”

२०७९-०२-३०

  • A
  • A-
  • A+
Share


 जिल्ला काभ्रेपलाञ्चोक साबिक मंगलटार गा.वि.स. वडा नं. ७ परिवर्तित बनेपा न.पा. वडा नं. ९ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ११ बस्ने वर्ष ४८ की लक्ष्मी माया रानामगरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी  जिल्ला काभ्रेपलाञ्चोक साबिक भुमिडाँडा गा.वि.स. वडा नं. ५ परिवर्तित पनौती न.पा. वडा नं. १२ घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. वडा नं. १२ बस्ने वर्ष ५६ को डल्ले कामीलाई बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७७।०८।२३ गतेको फैसलाले रू.१०,५०,०००।- (दश लाख पचास हजार मात्र ) जरिवाना, ४ दिन कैद र विगो रकम रु. १०,५०,०००।– (दश लाख पचास हजार मात्र) तोकिएकोमा हाल फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९।०२।२७ गते अन्दाजी १८:०० बजेको समयमा का.जि.का.म.न.पा. धुम्बाराहीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७९।०२।३० गते सम्मानित काठमाण्डौ जिल्ला अदालत पठाईएको ।

पक्राउ परेका व्यक्ति:-

नाम थर   : डल्ले कामी

उमेर       : ५६ वर्ष

वतन      :  जिल्ला काभ्रेपलाञ्चोक साविक भूमिडाँडा गा.वि.स. वडा नं. ५ हाल परिवर्तित

             पनौती न.पा. वडा नं. १२ घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. वडा नं. १२ बस्ने ।

सम्बन्धित समाचार
“भन्सार छली गरी ल्याएका ल्यापटप र मोबाईलहरू सहित मानिसहरु पक्राउ"
२०८१-१२-१९

दुबईबाट नेपाल आउने यात्रुहरुलाई ल्यापटप र मोवाईल १/१ थान गरी नेपाल पठाउने र एक जना यात्रुले १/१ थान ल्यापटप र मोवाईल ल्याउदा भन्सार छुट हुने प्रावधान रहेकोले धेरै जना व्यक्तिहरुलाई १/१ थान ल्याटपट र १/१ थान मोवाईल ल्याउन लगाई भन्सार छली चोरी तस्करी भईरहेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा मिति २०८१।१२।१८ गते दुबईका बिभिन्न उडानद्धारा नेपाल अवतरण भएका ३ (तिन) जना यात्रुहरु मार्फत १/१ थान ल्यापटप र मोवाईल लिई आएका यात्रुहरुलाई जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.९ गौशला बत्तिसपुतलीबाट सामान सहित नियन्त्रणमा लिईएको । निजहरुले ल्याएका सामानहरु लिनका लागि आएका अन्य ३ (तिन) जना व्यक्तिहरुलाई समेत सोही स्थानबाट नियन्त्रणमा लिईएको । सामान लिन आउने व्यक्तिहरुको प्रारम्भिक अनुसन्धान गर्दा उल्लेखित सामानहरु न्युरोडको संकटा मन्दिर नजिक Alited Suppliers Pvt. Ltd. नामको ल्यापटप पसल संचालन गरी बस्ने रसिद आलमले यस्तै गरी पहिला-पहिला पनि धेरै पटक सामान ल्याएको भन्ने खुले पश्‍चात निजको पसल तथा स्टोरमा खानतलासी गर्दा बिल बिजक नभएका Dell कम्पनीका ६९ थान ल्यापटप र २ थान मोवाईल बरामद गरी नियन्त्रणमा लिईएका ७ (सात) जना व्यक्तिहरुलाई बरामदी सामान सहित थप अनुसन्धान एबम आवश्यक कारबाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचर, काठमाण्डौमा पठाइएको ।पक्राउ परेका व्यक्तिहरु:-·       जिल्ला महोत्तरी बलवा नगरपालिका वडा नं.१२ स्थायी वतन भएका बर्ष २८ को राकेश गिरी ।  (दुबईबाट सामान ल्याउने) ·       जिल्ला पाल्पा रम्भा गाउँपालिका वडा नं.१ स्थायी वतन भएका बर्ष ४१ को तारा बहादुर रेस्मी मगर । (दुबईबाट सामान ल्याउने)·       जिल्ला पाँचथर मिक्लाजुङ गाउपालिका वडा नं.३ स्थायी वतन भएका बर्ष ३५ की कमला फियाक । (दुबईबाट सामान ल्याउने)·       जिल्ला मकवानपुर राक्सीराङ गाउँपालिका वडा नं.९ घर भई हाल जिल्ला काठमाण्डौ सितापाईला बस्ने बर्ष २६ को चित्र बहादुर मल्ल ठकुरी । (सामान रिसिभ गर्ने)·       जिल्ला मकवानपुर राक्सीराङ गाउँपालिका वडा नं.९ घर भई हाल जिल्ला काठमाण्डौ सितापाईला वस्ने छोरा बर्ष २४ को हुकुम बहादुर मल्ल । (सामान रिसिभ गर्ने)·       जिल्ला उदयपुर कटारी न.पा.वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.६ बौद्ध बस्ने बर्ष ३१ को सुमित के.सी. । (सामान रिसिभ गर्ने)·       जिल्ला मोरङ बिराटनगर उप.म.न.पा.वडा नं.१५ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१४ कंलकी बस्ने बर्ष ३० को रसिद आलम । (दुबईबाट सामान मगाई पसल संचालन गर्ने) सामानको बिवरण:-       १)    Dell कम्पनीको ल्यापटप थान-७२ (बहत्तर)        २)    Apple कम्पनीको 16 Promax मोवाईल थान-१ (एक)        ३)    Apple कम्पनीको 13 Promax मोवाईल थान-४ (चार)

“कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ”
२०८१-१२-१७

मिति २०८१।१२।१५ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रिय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समुहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गरे पश्चात लुटपाटमा संलग्न भई फरार भएका निम्न व्यक्तिहरुलाई खोजतलास गरी काठमाण्डौं जिल्लाका विभिन्न स्थानहरुबाट मिति २०८१।१२।१६ र  ऐ. १७ गते सामान सहित पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी बृत्त बानेश्वर पठाइएको ।पक्राउ परेका  व्यक्तिहरू :- १.नाम :- आशिष सिंह                                                                                                       ठेगाना :-जि. धनुषा मिथिला न.पा. वडा नं ६ ढल्केवर  हाल :-  का.जि.का.म.न.पा वडा नं.३२ कोटेश्वरबरामद सामान:-    Black Label  मदिरा थान-१ (1ltr )                         Jack Daniels मदिरा थान-२ (2ltr)                       २. नाम :- प्रेम कुमार महत्तो                                                                                          ठेगाना :- जि. सर्लाही बरथहवा न.पा. वडा नं. १६हाल :- का.जि.का.म.न.पा वडा नं.३२ कोटेश्वर नरेफाँट  बरामद सामान:-  वियरको खाली बोतल थान -४३. नाम :- रवि रञ्जन कुमार                                                                                         ठेगाना :- भारत देश बिहार राज्य पटना हाजिपुर हाल :- का.जि.का.म.न.पा वडा नं.३२ कोटेश्वर नरेफाँट   बरामद सामान:-  Yarchagumba Brand को  मदिरा थान -१                                                ( 750ml)४. नाम :- सुशिला कुमाल                                                                                           ठेगाना :- जि. नुवाकोट विदुर न.पा. वडा नं.६हाल :- का.जि.का.म.न.पा वडा नं. ३२ कोटेश्वर बरामद सामान:-  ११ थान हाफ् पाइन्ट,१ थान ट्राउजर५. नाम :- एलिसा राई                                                                                                 ठेगाना :- सुनसरी, धरान हाल :- का.जि.का.म.न.पा वडा नं.३२ कोटेश्वर बरामद सामान:-  १ थान ट्रे, १ थान क्यारेट६. नाम :- बालकुमारी कार्की                                                                                       ठेगाना :-का.जि.का.म.न.पा. वडा नं.३२ कोटेश्वर नरेफाँटहाल :- का.जि.का.म.न.पा. वडा नं.३२ कोटेश्वर नरेफाँट बरामद सामान:-  १ थान क्यारेट७. नाम :- निर्मला कार्की                                                                                             ठेगाना :- जि. सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं. ८ हाल :- का. जि.का.म.न.पा.वडा नं.३२ कोटेश्वर नरेफाँटबरामद सामान:- फलफुल८. नाम :- चित्र माया बस्नेत                                                                                         ठेगाना :- जि. सिन्धुली तिनपाटन गा.पा. वडा नं.७ लाम्पन्टार हाल :- का.जि.का.म.न.पा.वडा नं. ३२ कोटेश्वर नरेफाँट९. नाम :- सुस्मिता बराल                                                                                     ठेगाना :- जि. सिन्धुली तिनपाटन गा.पा. वडा नं.१६ हाल :- का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर नरेफाँटबरामद सामान:-  लिपस्टिक थान- ६९, ऐना थान- १, गाजल थान- २१,                        अन्य सामान थान- १२ (चित्र माया बस्नेत र सुस्मिता बरालको साथबाट बरामद)                       

“वैदेशिक रोजगारीको लागि बुल्गेरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-१२-१४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं.९ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.  नाम थर           :-    आशा परियारउमेर                :-    ५७ वर्ष      स्थायी वतन      :-    जिल्ला झापा बिर्तामोड न.पा. वडा नं.४ । हाल                :-    जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं.९ ।   बिगो रकम        :-    रु. २,००,०००।- (दुई लाख) देश                 :-    बुल्गेरियापक्राउ मिति      :-    २०८१।१२।१४ गते ।पक्राउ स्थान      :-    जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं.९ ।  पीडित संख्या    :-    २ जना   

“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-१२-१३

ईन्दिरा खड्का लगायतका व्यक्तिहरुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बिराज तामाङ भएको बैकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला नुवाकोट, ककनी गा.पा वडा न.०४ घर भई हाल का.जि. नागार्जुन न.पा. वडा न. ०६ रामकोट बस्ने वर्ष ३६ को बिराज तामाङलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१२ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१० नयाँबानेश्‍वरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत, महाराजगंज पठाईएको ।            साथै, पक्राउ प्रतिवादी बिराज तामाङको नाममा अन्य प्रहरी कार्यालयहरुमा समेत नौ वटा मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट देखिन आएको ।पक्राउ प्रतिवादी :नाम : बिराज तामाङउमेर : ३६ बर्षठेगाना : जि. नुवाकोट, ककनी गा.पा वडा न. ४हाल : का.जि. नागार्जुन न.पा. वडा न. ०६ विगो रकम : रू.१,४६,४४,०००।- (एक करोड छयालिस लाख चौवालिस हजार)

" कुटपिट गरी हत्या गर्ने व्यक्तिहरु पक्राउ "
२०८१-१२-१२

मिती २०८१/११/२६ गते राती अं. ११:०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ नगदेश स्थित पाटीमा सुतिरहेका वर्ष ३२ को लक्ष्मण खड्कालाई कुटपिट गरी सख्त् घाईते बनाएकोमा उपचारको लागि मध्यपुर ठिमी स्थित कोरियन अस्पतालमा लगिएको र उक्त अस्पतालले थप उपचारको लागि मिती २०८१/११/२७ गते राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौ रेफर गरी पठाएकोमा ऐ. मितिमा उपचारको क्रममा निजको मृत्यु भएको घटनामा संलग्न व्याक्तिहरुको खोजतलास गर्ने क्रममा मिति २०८१/१२/१० गते बर्ष ३८ को खैरे भन्ने यादव पौडेल र बर्ष २६ को अनिष  तामाङलाई  यस कार्यालयवाट खटीएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त ठिमी पठाईएको  । पक्राउ व्यक्ति १.    नाम :-  खैरे भन्ने यादव पौडेल ।उमेर :-   बर्ष ३८वतन :- जिल्ला सर्लाही लालबन्दी नगरपलिका वडा नं. ९ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ६२.    नाम :- अनिष  तामाङ        उमेर:- बर्ष २६       वतन :- जिल्ला सिन्धुली  तिन पाटन गाऊँ पालिका वडा नं. ११ चकमके घर भई हाल काठमाण्डौ जिल्ला कागेश्वरी मनोहारा नगरपालिका वडा नं. ४  ब्रह्मखेल

" हत्या गरी फरार रहेका व्यक्ति पक्राउ "
२०८१-१२-१२

मिति २०८१/१२/१० गते अं. ०६:३० बजेको समयमा जिल्ला खोटाङ कपिलासगढी गा.पा. वडा नं. -२ बाक्सिला घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे वस्ने  बर्ष ६५ को ओम प्रकाश राईलाई कर्तब्य गरी मारेको घटनामा वारदात पश्चात फरार रहेका जिल्ला रोल्पा, परिवर्तन गा.पा. वडा नं. -३ ईरिवाङ घर भई हाल जिल्ला काठमाण्डौं कागेश्वरी नगरपालिका वडा नं. ६ मुलपानी पाटिटार बस्ने   वर्ष ५७  को हिमाल बुढामगरलाई जिल्ला काठमाण्डौ कागेश्‍वरी मनोहरा न. पा.-६ मुलपानी एरियाबाट विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटीएको प्रहरी टोलीले मिति २०८१/१२/११ गते पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त ठिमी पठाईएको  ।पक्राउ व्यक्ति नाम :-  हिमाल बुढामगर उमेर :-  ५७ बर्षवतन :- जिल्ला रोल्पा परिवर्तन गा.पा. वडा नं. – ३  ईरिवाङ ।