" पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गर्ने व्यक्ती पक्राउ "
२०७९-०२-३१
- A
- A-
- A+
जिल्ला तनहुँ बन्दिपुर गा.पा. वडा नं.२ घर भई हाल का.जि.का.म.न.पा
वडा नं. १७ म्हेपी बस्ने जाहेरवाला सुकमाया गुरुङले बिपक्षी जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ४ बालुवाटार घर भई हाल ऐ.
टोखा न.पा. वडा नं. ६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठसंग चिनजान
भई कुरा हुँदा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. ४ बालुवाटारमा संयुक्त नेपाल
अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेका छु, आफु उक्त संस्थाको केन्द्रिय अध्यक्ष
हुँ, पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले तपाई लगायत तपाईको आफन्तहरु जाने
भए म पोर्चुगल पठाईदिन्छु, पोर्चुगल
पुगेपछि काम लगाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी भिषा प्रोसेसिङ्ग एवं
हवाई टिकटको लागि सुकमाया गुरुङ समेत ८ जनाबाट जम्मा रु ३३,५०,०००।– ( अक्षरुपी
तेत्तिस लाख पचाँस हजार मात्र) रकम लिई ठगी गरेको भनी यस कार्यालयमा जाहेरी
परेको र अनुसन्धानको क्रममा जाहेरवाला लगायतका व्यक्तिहरूको नाममा जारी गरिएको
भनिएको हवाई टिकट तथा भिषाहरु नक्कली भएको देखिन्न आएको हुँदा ठगी गर्ने कार्यमा
संलग्न रहेका निज रोहित प्रजापति भन्ने रोजित श्रेष्ठलाई यस कार्यालयबाट खटिएको
प्रहरीले टोलीले मिति २०७९/०२/३० गते अं. १९;०० बजेको समयमा
जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ४ बालुवाटारबाट पक्राउ गरी आवश्यक कानुनी
कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
पक्राउ परेका व्यक्ति:-
नाम थर : रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ
उमेर : ३५ वर्ष
वतन : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ४ बालुवाटार घर भई
हाल ऐ. टोखा न.पा. वडा नं. ६
ग्राण्डी बस्ने ।