“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०३-०१
- A
- A-
- A+
जिल्ला दार्चुला लेकम गा.पा. वडा नं. ६ स्थायी घर भई हाल का.जि.का.म.न.पा. विशालनगर बस्ने वर्ष ४१ को तारा गिरीलाई का.जि. सिफल स्थित Vision Multipurpose Pvt. Ltd. का सञ्चालक जिल्ला मुगु खत्याड गा.पा. वडा नं. ११ स्थायी घर भई हाल का.जि. कागेश्वरी मनोहरा न.पा. मुलपानी बस्ने वर्ष ३१ को निराजन कार्कीले दुबई(यु.ए.ई.)मा जानको लागि रु. ७,००,०००/- लाग्छ दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा Arms Guard को काम लगाइदिन्छु मासिक रु. १,००,००० तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज तारा गिरीबाट रु. ७,००,०००/- (अक्षरुपी सात लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज निराजन कार्कीको खोजतलास गर्ने क्रममा मिति २०७९।०२।३१ गते अं. १५:५० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
नाम थर : निराजन
कार्की
उमेर : ३१
वर्ष
वतन : जिल्ला
मुगु खत्याड गा.पा. वडा नं. ११ स्थाई घर भई हाल का.जि.
कागेश्वरी मनोहरा न.पा. मुलपानी