“OPERATION HONEY TRAP”
२०७९-०३-०३
- A
- A-
- A+
काठमाण्डौ उपत्यकाका स्थित विभिन्न स्थानहरुमा
अपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले केटीहरुको समुहलाई सामाजिक संजाल
मार्फत परिचालन गरेर फोनको आदान-प्रदान गरी सम्पर्क समन्वय गराई केही पुरुष
व्यक्तीहरुलाई प्रत्यक्ष भेटघाट गरेर झुठ्ठा मुद्दा लगाएर फसाई दिने भन्दै पिडितलाई दवाबमुलकढंगले
डर, धम्की तथा त्रास देखाई मोलमोलाई गरेर Blackmail गरी
रकम असुल गरेको घटनाको सम्बन्धमा यस कार्यालय बाट खटिएको विशेष अनुसन्धान टोलिले
मिति २०७९।०३।०२ गते उक्त वारदातमा संलग्न निमा लामा समेत देहाय बमोजिमका ६ जना व्यक्तिहरुलाई
काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ
गरी अपराधिक लाभ मुद्दामा थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर, काठमाण्डौ
पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।
पक्राउ
व्यक्तिहरुः
१. नाम: निकिता के.सी.
उमेर : १९ वर्ष
ठेगाना: सुर्यबिनायक-९, भक्तपुर
हाल : का. जि. पेप्सिकोला
२. नामः मनिषा परियार
उमेर : १८ वर्ष
ठेगाना: ढुसेनि-०३, काभ्रेपलान्चोक
हाल : का. जि. कोटेश्वर
३. नामः डिक ब.
शर्मा
उमेर : ३२ वर्ष
ठेगाना: हलेसी-७, खोटाङ
हाल : का. जि. तारकेश्वर
४. नामःसन्जिब दर्जी
उमेर : ३० वर्ष
ठेगाना: ईटहरी-०७, सुनसरी
हाल : का. जि. चक्रपथ
५.नामः निमा लामा
उमेर : २५ वर्ष
ठेगाना: मेलुङ-५, दोलखा
हाल : ल.पु.जि. नख्खिपोट
६. नामःपासाङ लामा
उमेर : ३० वर्ष
ठेगाना:
मेलुङ-५, दोलखा
हाल
: : ल.पु.जि.नख्खिपोट
प्रारम्भिक अनुसन्धानबाट खुलेका कुराहरु :-
v सामाजिक
सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष व्यक्तीहरुलाई खाजा खाने बाहानामा
रेष्टुरेन्टमा लगि भेटघाट गर्ने ।
v
पिडित व्यक्तीहरु उपर निगरानी राखि निजको घर ठेगाना, कार्यालय तथा सवारी साधन
लगायतका सम्पुर्ण विवरणहरु प्राप्त गरी डायरीमा रेकर्ड राख्ने ।
v प्रत्यक्ष
भेटघाट पश्चात झुठ्ठा मुद्दा लगाएर फसाई दिने भन्दै पिडितलाई डर, धम्की तथा त्रास
देखाई मोलमोलाई गरेर Blackmail गरी ठुलो रकम माग गर्ने ।
v दवाबमुलक
रुपमा रकम दिनलाई बाध्य गराउन केटीको नक्कली- परिवारिक सदस्य, वकिल तथा
पत्रकार खडा गरी मोलमोलाई गरी मानसिक हैरानी दिने ।