"नाटकिय अपहरणमा २० लाख फिरौती माग गर्ने व्यक्ती पक्राउ"
२०७९-०३-०७
- A
- A-
- A+
जिल्ला सप्तरी, राजगढ गाउँपालिका वडा नं.०३ स्थायी वतन भई हाल ललितपुर जिल्ला ईमाडोल बस्ने वर्ष ३१ को कृष्ण कुमार शर्मा मिति २०७९।०३।०१ गते घर परिवारलाई IME बाट रकम पठाउन जान्छु भनि डेरा कोठाबाट हिडेकोमा एक्कासी मोवाईल स्वीच अफ भई सम्पर्क विहिन भएको र निजको खोजतलास गर्दा समेत फेला नपरी निजको खोजतलासको लागि प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएकोमा मिति २०७९।०३।०२ गते निजले प्रयोग गर्ने सामाजिक संजाल (Imo) बाट निजको परिवारलाई कृष्ण कुमार शर्मालाई अपहरण गरेको र निजलाई मार्नको लागि रु. ८,०००००।-(आठ लाख) प्राप्त भई सकेको भएतापनि रू. २०,०००००।-(वीस लाख) फिरौती रकम दिएमा निजलाई अपहरण मुक्त गरी दिने तर सो घटना वारे प्रहरीलाई खवर गरेमा र दुई दिन भित्र भने जतिको रकम नदिएमा निजलाई मारी दिने धम्की पूर्ण म्यासेज र निज अपहरण परेको भिडियो क्लिप्स पठाई डर-त्रास देखाएकोमा, यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले अनुसन्धानको क्रममा उक्त अपहरणको घटना निजले उल्लेखित रकम प्राप्त गर्नको लागि आफ्नो घर परिवारलाई डर-त्रास देखाई दवाव दिन नियोजित रूपमा आफूलाई नाटकिय अपहरण गरेको म्यासेज तथा भिडियो क्लिप्स बनाई पठाएको खुल्न आए पश्चात निजलाई तदारूक्ताका साथ खोजतलास गर्दा मिति २०७९।०३।०५ गते जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरी सार्वजनिक उपद्रयाई गर्न नहुने कसुर अन्तर्गत थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त, सातदोबाटो, ललितपुर पठाईएको ।
नाम:
कृष्ण कुमार शर्मा
उमेर : ३१ वर्ष
ठेगाना: राजगढ-०३, सप्तरी
हाल : जिल्ला ललितपुर, ईमाडोल
![]()