“ स्लोभाकियामा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०३-१५
- A
- A-
- A+
काठमाडौँ
जिल्ला गोङ्गबु स्थित ग्लोबल भिलेज सोर्स प्रा.लि. मा कार्यरत जिल्ला खोटाङ
खोटेहाङ गा.पा. वडा नं. ९ घर भई हाल का.जि. सामाखुशी बस्ने वर्ष ४० को हरि बस्नेत
समेतले विभिन्न व्यक्तिहरूलाई स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति रु. ९,५०,०००/-(
अक्षेरुपी नौ लाख पचास हजार रुपैयाँ मात्र ) लाग्छ स्लोभाकिया पुगेपछि प्रतिष्ठित Agriculture कम्पनीमा काम लगाइदिन्छु मासिक रु. १,३०,०००
सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निजहरूबाट जम्मा रु. ५,००,०००/-
(अक्षरुपी पाँच लाख रुपैयाँ मात्र) रकम लिई आजभोली भन्दै आलटाल गरी सम्पर्क विहीन भई ठगी
गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन
भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले हरि बस्नेतको खोजतलास गर्ने
क्रममा मिति २०७९।०३।१४ गते अं. १६:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. १०
बुद्धनगरबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
नाम थर : हरि
बस्नेत
उमेर : ४०
वर्ष
वतन : जिल्ला
खोटाङ खोटेहाङ गा.पा. वडा नं. ९ घर भई हाल का.जि. सामाखुशी