“SIM Card Duplication गरि रकम ठगि गर्ने व्यक्ति पक्राउ”
२०७९-०३-१७
- A
- A-
- A+
सामाजिक सञ्जाल Facebook तथा Whatsapp मा बैदेशिक रोजगारको लागि पोर्चुगल लैजाने भनि कुराकानी हुदाँ बैदेशिक रोजगारको लागि पोर्चुगलमा ग्यारेन्टीको साथ पठाई दिन्छु पोर्चुगलको लागि रु ११,००,०००।- रकम लाग्छ, शुरुमा प्रोसेसिङ्ग गर्न कुनै पनि शुल्क लाग्दैन तपाईहरुको कागजातहरु मात्र भए पुग्छ, भिषा आएपछि रकम तिर्नु पर्छ भनी म्यासेज तथा कल गरी बिश्वास दिलाई निबेदकको सक्कल राहदानी, नागरिकता, सम्पत्ति बिबरण कागज समेत लिई झुक्याई निबेदकको नागरिकताबाट सिमकार्ड समेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखी मोवाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम निकाली ठगी गर्ने कार्यमा संलग्न रहेका तपसिलमा उल्लेखित ठेगाना भएका व्यक्तिलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलिले खोजतलाश गर्ने क्रममा मिति २०७९।०३।१६ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरमा फेला पारी पक्राउ गरि ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कारवाहीको लागि आज जिल्ला प्रहरी परिसर काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिः-
१) नाम:– गोपी बजगाई
उमेर :– ४१ बर्ष
ठेगाना:– जिल्ला मकवानपुर हेटौडा उ.प.म.न.पा.१७