" सम्मानित कैलाली जिल्ला अदालतबाट १ बर्ष ६ महिना कैद, १५ हजार जरिवाना र ६५ लाख क्षतिपुर्ति तोकिई फरार रहेका प्रतिवादी पक्राउ "
२०७९-०३-१९
- A
- A-
- A+
पुर्णकाजी मानन्धरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अमर
बहादुर खड्का भएको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा सम्मानित कैलाली जिल्ला अदालतको मिति २०७८।१२।०८
गतेको फैसलाले निज प्रतिवादी अमर बहादुर खड्कालाई १ बर्ष ६
महिना कैद, रू.१५,०००।- जरिवाना र जाहेरवालालाई रू.६५,००,०००।- क्षतिपूर्ति भराई
दिने ठहर भई निज प्रतिवादी हाल सम्म फरार रहेको हुँदा निज प्रतिवादी अमर बहादुर
खड्काको खोजतलास गर्न यस कार्यालयबाट टोली खटाईएकोमा खटिएको टोलीले निज प्रतिवादी अमर
बहादुर खड्काको बारेमा निग्रानी
राखी खोजतलास गर्दै जाँदा मिति २०७९।०३।१८ गते दिउसो अं.१३:३० वजेको समयमा जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं. १४ कलंकी मकालु पेट्रोल पम्प अगाडि निज प्रतिवादी अमर बहादुर
खड्कालाई फेला पारी पक्राउ गरी निजलाई फैसला कार्यन्वयनको लागि आज सम्मानित
काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको ।
पक्राउ
परेका प्रतिवादी :
नाम : अमर बहादुर खडका ।
उमेर : ३६ वर्ष
ठेगाना : जिल्ला धनकुटा महालक्ष्मी न.पा. वडा नं. ६ घर भई हाल
जिल्ला काभ्रेपलान्चोक
बनेपा न.पा. वडा नं. वडा नं. ७ बस्ने ।