“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०३-१९
- A
- A-
- A+
यम बहादुर खत्रीको जाहेरीले वादी नेपाल सरकार
प्रतिवादी जिल्ला सिन्धुपाल्चोक, सुनखानी गा.वि.स.वडा नं.०७ हाल परिवर्तित सुनकोशी गा.पा.वडा नं.०५ स्थायी वतन भई हाल काठमाण्डौ जिल्ला शंखमुल बस्ने बर्ष ३४ को बसन्त मोक्तान
भन्ने नोर्साङ लामा (विगो रू.५,०००००।- अक्षेरूपी पाँच लाख) भएको बैकिङ्ग कसुर मुद्दामा निज बसन्त मोक्तान भन्ने नोर्साङ लामाको नाममा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट
मिति २०७८।१२।०६ गते पक्राउ अनुमती समेत जारी भएकोले निज प्रतिवादिलाई यस कार्यालयको विशेष टोलीले मिति २०७९।०३।१९ गते काठमाण्डौ जिल्ला बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागि मिति २०७९।०३।१९ गते जिल्ला प्रहरी परिसर, टेकु पठाईएको ।
पक्राउ प्रतिवादी:
१. नाम : बसन्त मोक्तान
भन्ने नोर्साङ लामा
उमेर : ३४ बर्ष
ठेगाना : सुनखानी-७, दोलखा
हाल : का.जि. शंखमुल