“ न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०३-२२
- A
- A-
- A+
जिल्ला
नुवाकोट साविक तुप्चे गा.वि.स.परिवर्तित बिदुर न.पा. वडा नं.७ स्थाई घर भई हाल
का.जि. बुढानिलकण्ठ न.पा. वडा नं. ३ घुम्ती बस्ने वर्ष २७ की शोभा पौडेलले जिल्ला
सिन्धुली दुधौली न.पा.वडा नं. १ बँका घर भई हाल का.जि. तिनकुने बस्ने वर्ष ३१ को
नारायण बोगटी समेत ९ जनालाई न्युजिल्याण्ड जानको लागि प्रतिव्यक्ति रु.१२,५०,०००/-(
अक्षेरुपी बाह्र लाख पचास हजार रुपैयाँ मात्र ) लाग्छ, न्युजिल्याण्ड पुगेपछि
प्रतिष्ठित Agriculture कम्पनीमा Fruit
keeping को काम लगाइदिन्छु, मासिक रु. १,७०,००० सम्म तलव हुन्छ भनी विश्वास
दिलाई प्रलोभनमा पारी निजहरूबाट जम्मा रु. ६३,२०,०००/- (अक्षरुपी
त्रिसट्ठी लाख बिस हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले
वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार
भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज शोभा पौडेलको खोजतलास गर्ने
क्रममा मिति २०७९।०३।२१ गते अं. साँझ १७:०० बजेको समयमा का.जि. बुढानिलकण्ठ न.पा.
कपन निलोपुलबाट पक्राउ गरी थप अनुसन्धान
तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : दिया भन्ने शोभा पौडेल
उमेर : २७
वर्ष
वतन : जिल्ला नुवाकोट साविक तुप्चे गा.वि.स. परिवर्तित बिदुर न.पा.
वडा नं. ७ स्थाई
घर
भई हाल का.जि. बुढानिलकण्ठ न.पा. वडा नं. ३ घुम्ती बस्ने ।