प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“ हनि ट्रयापिङमा संलग्न ब्यक्तिहरु पक्राउ ”

२०७९-०४-०२

  • A
  • A-
  • A+
Share

काठमांण्डौ उपत्यका स्थित बिभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उदेश्यले योजना बद्ध तवरले बिभिन्न महिला र पुरुषको समुहलाई सामाजिक संजाल मार्फत परिचालन गरेर फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराई प्रत्यक्ष भेटघाट गरेर झुट्टा मुद्दा लगाई फसाई दिने भन्दै पिडितलाई दबाब मुलक ढंगले डर धम्की तथा त्राश देखाई मोल मोलाई गरेर Blackmail गरी रकम असुल गरेको भन्ने उजुरी यस कार्यलायमा प्राप्त भए पश्चात घटनाको सम्बन्धमा यस कार्यालय बाट खटिएको बिशेष अनुसन्धान टोलीले मिति २०७९।०४।०१ गते उक्त वारदातमा संलग्न कल्पना बस्नेत समेत देहाय बमोजिमका दुई जना ब्यक्तिहरुलाई काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुबाट पक्राउ गरी आपराधीक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।


प्रारम्भिक अनुसन्धान बाट खुल्न आएका कुराहरु:

Ø सामाजिक संजालको माध्यम बाट केटिको प्रयोग गरी पुरुष व्यक्तिहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगी भेटघाट गर्ने ।

Ø प्रत्यक्ष भेटघाट पश्चात झुठा मुद्दा लगाएर फसाई दिने भन्दै पिडितलाई डर धम्की देखाई मोलमोलाई गरेर Blackmail गरी ठुलो रकम माग गर्ने ।

Ø दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन नक्कली प्रहरी (निरीक्षक) खडा गरी मोलमोलाई गरी मानसिक हैरानी दिने ।

Ø पिडितको परिवार, नातेदार,साथी भाईहरुलाई समाजिक संजाल मार्फत साथी बनाई प्रहरीकोमा निबेदन दिइको छु भनि नक्कली प्रहरी निरीक्षक संग कुरा गरी राखेको रेकर्ड पठाई धम्काउन लगाउने ।

 पक्राउ व्यक्तिहरु:-

१.       नामः कल्पना बस्नेत

            उमेरः ३१ वर्ष

             ठेगानाः जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. ६

            हालः का.जि.का.म.न.पा. बौद्व 

२.         नामः संजय कार्की (नक्कली प्रहरी निरीक्षक )

              उमेरः २८ वर्ष

              ठेगानाः जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. ४

              हालः जिल्ला भक्तपुर बालकोट 

३.         नामः कृष्णहरी खड्का ( कल्पना बस्नेतको श्रीमान

           उमेरः ३१ वर्ष

           ठेगानाः जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं.६

           हालः जिल्ला भक्तपुर बालकोट 

सम्बन्धित समाचार
“कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ”
२०८१-१२-१७

मिति २०८१।१२।१५ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रिय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समुहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गरे पश्चात लुटपाटमा संलग्न भई फरार भएका निम्न व्यक्तिहरुलाई खोजतलास गरी काठमाण्डौं जिल्लाका विभिन्न स्थानहरुबाट मिति २०८१।१२।१६ र  ऐ. १७ गते सामान सहित पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी बृत्त बानेश्वर पठाइएको ।पक्राउ परेका  व्यक्तिहरू :- १.नाम :- आशिष सिंह                                                                                                       ठेगाना :-जि. धनुषा मिथिला न.पा. वडा नं ६ ढल्केवर  हाल :-  का.जि.का.म.न.पा वडा नं.३२ कोटेश्वरबरामद सामान:-    Black Label  मदिरा थान-१ (1ltr )                         Jack Daniels मदिरा थान-२ (2ltr)                       २. नाम :- प्रेम कुमार महत्तो                                                                                          ठेगाना :- जि. सर्लाही बरथहवा न.पा. वडा नं. १६हाल :- का.जि.का.म.न.पा वडा नं.३२ कोटेश्वर नरेफाँट  बरामद सामान:-  वियरको खाली बोतल थान -४३. नाम :- रवि रञ्जन कुमार                                                                                         ठेगाना :- भारत देश बिहार राज्य पटना हाजिपुर हाल :- का.जि.का.म.न.पा वडा नं.३२ कोटेश्वर नरेफाँट   बरामद सामान:-  Yarchagumba Brand को  मदिरा थान -१                                                ( 750ml)४. नाम :- सुशिला कुमाल                                                                                           ठेगाना :- जि. नुवाकोट विदुर न.पा. वडा नं.६हाल :- का.जि.का.म.न.पा वडा नं. ३२ कोटेश्वर बरामद सामान:-  ११ थान हाफ् पाइन्ट,१ थान ट्राउजर५. नाम :- एलिसा राई                                                                                                 ठेगाना :- सुनसरी, धरान हाल :- का.जि.का.म.न.पा वडा नं.३२ कोटेश्वर बरामद सामान:-  १ थान ट्रे, १ थान क्यारेट६. नाम :- बालकुमारी कार्की                                                                                       ठेगाना :-का.जि.का.म.न.पा. वडा नं.३२ कोटेश्वर नरेफाँटहाल :- का.जि.का.म.न.पा. वडा नं.३२ कोटेश्वर नरेफाँट बरामद सामान:-  १ थान क्यारेट७. नाम :- निर्मला कार्की                                                                                             ठेगाना :- जि. सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं. ८ हाल :- का. जि.का.म.न.पा.वडा नं.३२ कोटेश्वर नरेफाँटबरामद सामान:- फलफुल८. नाम :- चित्र माया बस्नेत                                                                                         ठेगाना :- जि. सिन्धुली तिनपाटन गा.पा. वडा नं.७ लाम्पन्टार हाल :- का.जि.का.म.न.पा.वडा नं. ३२ कोटेश्वर नरेफाँट९. नाम :- सुस्मिता बराल                                                                                     ठेगाना :- जि. सिन्धुली तिनपाटन गा.पा. वडा नं.१६ हाल :- का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर नरेफाँटबरामद सामान:-  लिपस्टिक थान- ६९, ऐना थान- १, गाजल थान- २१,                        अन्य सामान थान- १२ (चित्र माया बस्नेत र सुस्मिता बरालको साथबाट बरामद)                       

“वैदेशिक रोजगारीको लागि बुल्गेरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-१२-१४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं.९ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.  नाम थर           :-    आशा परियारउमेर                :-    ५७ वर्ष      स्थायी वतन      :-    जिल्ला झापा बिर्तामोड न.पा. वडा नं.४ । हाल                :-    जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं.९ ।   बिगो रकम        :-    रु. २,००,०००।- (दुई लाख) देश                 :-    बुल्गेरियापक्राउ मिति      :-    २०८१।१२।१४ गते ।पक्राउ स्थान      :-    जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं.९ ।  पीडित संख्या    :-    २ जना   

“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-१२-१३

ईन्दिरा खड्का लगायतका व्यक्तिहरुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बिराज तामाङ भएको बैकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला नुवाकोट, ककनी गा.पा वडा न.०४ घर भई हाल का.जि. नागार्जुन न.पा. वडा न. ०६ रामकोट बस्ने वर्ष ३६ को बिराज तामाङलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१२ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१० नयाँबानेश्‍वरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत, महाराजगंज पठाईएको ।            साथै, पक्राउ प्रतिवादी बिराज तामाङको नाममा अन्य प्रहरी कार्यालयहरुमा समेत नौ वटा मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट देखिन आएको ।पक्राउ प्रतिवादी :नाम : बिराज तामाङउमेर : ३६ बर्षठेगाना : जि. नुवाकोट, ककनी गा.पा वडा न. ४हाल : का.जि. नागार्जुन न.पा. वडा न. ०६ विगो रकम : रू.१,४६,४४,०००।- (एक करोड छयालिस लाख चौवालिस हजार)

“ वैदेशिक रोजगारीको लागि यु.ए.इ पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-१२-१२

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि यु.ए.इ लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला काठमाण्डौँ म.न.पा. वडा नं.०४, सुकेधारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको । पक्राउ व्यक्ति:-१.  नाम थर           :-    सुवास थापाउमेर                :-    ४१ वर्ष      वतन                :-   जिल्ला काठमाण्डौं चन्द्रगिरी न.पा. वडा नं.०६ ।बिगो रकम        :-    रु. १,२०,०००।- (एक लाख बिस हजार ) देश                 :-    यु.ए.इपक्राउ मिति      :-    २०८१।१२।११ गते ।पक्राउ स्थान      :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०४ ।  पीडित संख्या    :-    १ जना   

" कुटपिट गरी हत्या गर्ने व्यक्तिहरु पक्राउ "
२०८१-१२-१२

मिती २०८१/११/२६ गते राती अं. ११:०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ नगदेश स्थित पाटीमा सुतिरहेका वर्ष ३२ को लक्ष्मण खड्कालाई कुटपिट गरी सख्त् घाईते बनाएकोमा उपचारको लागि मध्यपुर ठिमी स्थित कोरियन अस्पतालमा लगिएको र उक्त अस्पतालले थप उपचारको लागि मिती २०८१/११/२७ गते राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौ रेफर गरी पठाएकोमा ऐ. मितिमा उपचारको क्रममा निजको मृत्यु भएको घटनामा संलग्न व्याक्तिहरुको खोजतलास गर्ने क्रममा मिति २०८१/१२/१० गते बर्ष ३८ को खैरे भन्ने यादव पौडेल र बर्ष २६ को अनिष  तामाङलाई  यस कार्यालयवाट खटीएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त ठिमी पठाईएको  । पक्राउ व्यक्ति १.    नाम :-  खैरे भन्ने यादव पौडेल ।उमेर :-   बर्ष ३८वतन :- जिल्ला सर्लाही लालबन्दी नगरपलिका वडा नं. ९ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ६२.    नाम :- अनिष  तामाङ        उमेर:- बर्ष २६       वतन :- जिल्ला सिन्धुली  तिन पाटन गाऊँ पालिका वडा नं. ११ चकमके घर भई हाल काठमाण्डौ जिल्ला कागेश्वरी मनोहारा नगरपालिका वडा नं. ४  ब्रह्मखेल

" हत्या गरी फरार रहेका व्यक्ति पक्राउ "
२०८१-१२-१२

मिति २०८१/१२/१० गते अं. ०६:३० बजेको समयमा जिल्ला खोटाङ कपिलासगढी गा.पा. वडा नं. -२ बाक्सिला घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे वस्ने  बर्ष ६५ को ओम प्रकाश राईलाई कर्तब्य गरी मारेको घटनामा वारदात पश्चात फरार रहेका जिल्ला रोल्पा, परिवर्तन गा.पा. वडा नं. -३ ईरिवाङ घर भई हाल जिल्ला काठमाण्डौं कागेश्वरी नगरपालिका वडा नं. ६ मुलपानी पाटिटार बस्ने   वर्ष ५७  को हिमाल बुढामगरलाई जिल्ला काठमाण्डौ कागेश्‍वरी मनोहरा न. पा.-६ मुलपानी एरियाबाट विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटीएको प्रहरी टोलीले मिति २०८१/१२/११ गते पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त ठिमी पठाईएको  ।पक्राउ व्यक्ति नाम :-  हिमाल बुढामगर उमेर :-  ५७ बर्षवतन :- जिल्ला रोल्पा परिवर्तन गा.पा. वडा नं. – ३  ईरिवाङ ।