राजस्व छलिका सामानहरु सहित मानिस पक्राउ
२०७९-०४-०५
- A
- A-
- A+
काठमाण्डौ उपत्यका भित्र केही
व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट चुरोट, गुट्खा लगातका सुर्तिजन्य बस्तुहरू, मोटरसाईकलको पार्टसहरू,
ईलेक्ट्रोनिक्स चिप्स, पटका, भुईचम्पा लगायतका आतिसवाजीजन्य पदार्थहरू राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने
गरेको भन्ने गोप्य सूचनाका आधारमा मिति २०७९।०४।०४ गते यस कार्यालयबाट खटि गएको
बिशेष टोलीले निगरानी गर्ने क्रममा काठमाण्डौ का.न.पा. वडा नं. ७ गोपीकृष्णनगरमा
छविलाल अगस्तीले कोठा भाडा लिई उल्लेखित सरसामानहरु भन्सार छली गरि ल्याई भण्डारण
गरी निजको श्रीमतीको नाममा रहेको श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रा.लि. को
नामबाट कारोबार गर्ने गरेको बुझिन आई निज नवराज शर्मा भन्ने छविलाल
अगस्तीको खोजतलास गर्दै जाँदा मिति २०७९/०४/०४ गते अं. १५:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ७
गोपीकृष्णनगर स्थित भाडाको गोदाम घरमा निजलाई फेला पारी अनुसन्धान गर्दा निजले सोही
घरको भुईतलामा रहेका सटरहरू भाडामा लिई राजस्व छलि गरी ल्याएका विलविजक नभएका चुरोट,
सुर्तिजन्य बस्तुहरु एवं विभिन्न पटकाहरु समेतको गोदाम गरी राखेको अवस्थामा फेला
पारी स्थानिय व्यक्तिहरू, जनप्रतिनिधि र निजको रोहवरमा खानतलासी गर्दा चुरोट, गुट्खा लगायतका सुर्तिजन्य वस्तुहरू,
अक्सिमिटर, आतिसवाजीजन्य पटाका
लगायतका सामानहरू गरि करिब रु. एक करोड बराबरको बजारमूल्य भएका उक्त सामान सहित
पक्राउ परेका मानिसलाई थप अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान बिभाग
हरिहरभवन, ललितपुर र बिस्फोटक पदार्थ सम्बन्धि कसुर अन्तर्गतको
मुद्धामा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको
।
पक्राउ व्यक्ति :-
नाम थर : नवराज शर्मा भन्ने छविलाल अगस्ती
उमेर : ४० वर्ष
स्थायी वतन : जिल्ला पर्सा सखुवा पर्सौनी गाउँपालिका वडा
नं. १
हाल : काठमाण्डौं का.म.न.पा. वडा नं. ७ साततले ।
बरामद सामानहरुः
·
बिभिन्न ब्रान्डका बिदेशी चुरोटहरु- २९८०
बन्डल,
·
मुर्गा छाप, Sun Flower लगायतका विभिन्न किसिमका पटका – ४२० के.जी.
·
पानराज गुट्खा -४८ के.जी
·
बजाजको मो.सा.को पाटपुर्जा, ईलेक्ट्रोनिक्स चिप्सहरु,
·
Finger Print Oximeter- ३८० थान