“कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी पक्राउ”
२०७९-०४-१०
- A
- A-
- A+
मान कुमारी थापाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी नाम परिवर्तित पासिकोट-२ समेत भएको कर्तव्य ज्यान मुद्दामा सम्मानित चितवन जिल्ला अदालतको मिति २०७७।१०।१२ गतेको फैसलाले जिल्ला भोजपुर, खार्ताम्छा-०१ स्थायी वतन भई हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ बस्ने वर्ष ४३ की गिता गुरूङ (परिवर्तित नाम पासिकोट-२)लाई जन्मकैदको सजाय ठहर भई निज प्रतिवादी हालसम्म फरार रहेकोमा यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति २०७९।०४।०९ गते महाराजगंज, काठमाण्डौबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७९।०४।१० गते सम्मानित जिल्ला अदालत काठमाण्डौ पेश गरिएको ।
पक्राउ प्रतिवादी:
नाम : गिता गुरूङ
उमेर : ४३ बर्ष
ठेगाना : खार्ताम्छा-०१, भोजपुर
हाल : का.जि.बुढानिलकण्ठ