“चोरीका सामानहरु सहित मानिस पक्राउ”
२०७९-०४-१५
- A
- A-
- A+
उपरोक्त सम्बन्धमा मिति २०७९/०२/०९ गते रातीको समयमा
का.जि. का.म.न.पा. वडा न १० बुद्ध नगर स्थित
रोशन भण्डारीको डेराकोठाबाट मोवाईल ल्यापटप सहितका सामनाहरु चोरी गरी लगेको
घटना अनुसन्धानको सिलसिलामा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटी गएको अनुसन्धान टोलीले मिति
२०७९/०४/१३ गते जिल्ला ललितपुर बालकुमारीबाट पक्राउ उक्त चोरी गरेका सामान चोरीको हो भनि जानी जानी
खरिद गर्ने भारत देश मोतिहारी जिल्ला घोडासान घर भई हाल जिल्ला ललितपुर बालकुमारी
स्थित कवाड पसल सञ्चालक सुनिल कुमार जैसवाललाई चोरी गरि खरिद गरेका TV पानी तान्ने पम्म,
ब्याट्री, सुब चाँदीका स गर गहना सहित बिभिन्न सामान सहित पक्राउ गरी थप कानुनी
कारबाहीको लागी प्रहरी वृत्त,बानेश्वर पठाइएको ।
साथै प्रारम्भिक अनुसन्धानबाट निजले कवाडी संकलन गर्ने
व्यक्ती हर बाट चोरी गरेका सामान खरिद गरेको भन्न खुल्न आएको हुँदा त्यस्ता
मानिसहरुको खोजीकार्य जारी रहेको साथै बरामद भई आएका सामानहरु सनाखतको गर्ने कार्य समेत भई रहेको ।
पक्राउ व्यक्तिहरु:-
१) नाम:– सुनिल कुमार जैसावाल
उमेर :– २९बर्ष
ठेगाना:– भारत देश मोतिहारी जिल्ला घोडासान थाना पुर्बि
चम्पारण
हालको ठेगाना:-
जिल्ला ललितपुर बालकुमारी
बरामद सामानहरु:-
१. चाँदीका बिभिन्न गर गहना २५१ तोला
२.सुनको बिभिन्न गर गहना ९ ग्राम
२. बिभिन्न ब्राण्डका TV ३
थान
३.डेक्टप मोनिटर २ थान
४.चरेशको थाल ८
५.चरेश को गाग्री १ थान
६.चरेशको कचौरा ५ थान
७.करुवा १ थान
८.मोवाईल २ थान
९. घडी १ थान
१० Cob track light ४ थान
११. पानी तान्ने मेशिन
१ थान
१२ तामा को घैला १
थान
१३. खुकुरी १ थान
१४.नेपाली नगद रु १५ हजार
१५. बिभिन्न देशका नोट २६ थान