बैदेशिक रोजगार सम्बन्धी कसुरका मानिस पक्राउ
२०७९-०४-१७
- A
- A-
- A+
काठमाण्डौ चावाहिल बस्ने बिकास
थापाले दुबईमा Food Delivery मा जागिर लगाई दिन्छु भनि पिडित संग रु ४,४५,०००।– लिई दुबई पठाई अलपत्रमा पारेको
भनि पिडितको जाहेरीका आधारमा वैदेशिक रोजगार विभाग,बुद्धनगरले तपसिलमा
उल्लेखित प्रतिवादी बिकास थापालाई पक्राउ गरी उपस्थित गराई दिनु हुन भन्ने
ब्यहोराको पत्र प्राप्त भई यस कार्यालबाट खटिएको बिशेष प्रहरी टोलीले मिति
२०७९।०४।१६ गते का.जि. बसुन्धाराबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि वैदेशिक
रोजगार विभाग बुद्धनगर, काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्ति :-
नाम थर : बिकास थापा
उमेर : २७ वर्ष
स्थायी वतन : जिल्ला धादिङ्
धुनिवेसी गा.पा.वडा नं.९ खानीखोला नौबिसे
हाल : का.जि.का.म.न.पा.७
चावाहिल बस्ने ।