राजस्व छलिका सुर्तीजन्य पद्वार्थ सहित मानिसहरु पक्राउ
२०७९-०४-१९
- A
- A-
- A+
काठमाण्डौ उपत्यका भित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट कच्चा सुर्ती राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा मिति २०७९।०४।१८ गते यस कार्यालयबाट खटि गएको बिशेष प्रहरी टोलीले निगरानी गर्ने क्रममा मिति २०७९।०४।१८ गते का.जि.पेप्सीकोलाबाट पोष्टराज गौतमलाई र दिनेश चौधरीलाई का.जि.का.म.न.पा.कुलेश्वरबाट पक्राउ गरी अनुसन्धान गर्दा निजहरुले भारतबाट राजस्व छली गरी ल्याएको सुर्ती जन्य कच्चा पदार्थ अरबिन्द अग्रवाल र सुरेश पोख्रेलले संचालन गर्ने जिल्ला ललितपुर ल.पु.म.न.पा.वडा २१ खोकना स्थित न्यू शुभ लक्ष्मी सुर्ती उद्योग तथा उपत्यकाका बिभिन्न स्थानमा भण्डारण गरी राखेको भन्ने खुल्न आएकोले राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नख्खु स्थित फुलबारी मार्ग, भैँसेपाटी स्थित पञ्चकन्या मार्गमा रहेको २ वटा गोदाम र अफिस तथा खोकना स्थितमा रहेको श्री न्यु शुभ लक्ष्मी सुर्ती उद्योगमा खानतलासी गरी राजश्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा पद्वार्थ भण्डारण गरी राखेको गोदाम राजस्व अनुसन्धान विभाग र स्थानिय जनप्रतिनिधिको रोहवरमा सिल गरी सञ्चालक समेतलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको, राजस्व छलिका उक्त सामानहरुको विस्तृत परिमाण समेतको विवरण सहितको मुचुल्का उठाउने कार्य राजस्व अनुसन्धान विभाग र यस कार्यालयबाट खटिएको सयुंक्त टोलीबाट भैरहेको ।
सामानको विरवरण:
१. तयारी सुर्ती १९५ बोरा (अ.आठ हजार के.जी.)
२. कच्चा सुर्ती (अ. विस हजार दुइ सय
के.जी.)
पक्राउ व्यक्ति :-
१. जिल्ला
सिन्धुली तिनपाटन गा.पा.वडा नं.६ घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा.११ बस्ने वर्ष
५६ को पोष्टराज गौतम ।
२. जिल्ला मोरङ
विराटनगर न.पा.वडा न.१२ घर भई हाल ललितपुर,ल.म.न.पा.३
धोवीघाट बस्ने वर्ष ५३ को सुरेश पोख्रेल ।
३. जिल्ला
सर्लाही बिष्णु गा.पा.वडा नं.३ घर भई हाल का.जि.का.म.न.पा.१४
कुलेश्वर बस्ने वर्ष ४४ को दिनेश चौधरी।
४. का.जि.का.म.न.पा.सिनामंगल
वडा नं.९ घर भई बस्ने वर्ष ३८ को अरबिन्द अग्रवाल ।