"बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०४-१९
- A
- A-
- A+
बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९/०२/३० गते मुद्दा नं. ०७८-CB-०९६७ मा भएको फैसलामा प्रतिवादी अनुप राजथलालाई रु.१२,००,०००/-(बाह्र लाख मात्र) जरिवाना, ४ (चार) दिन कैद र रु.४८,०००/- (अठचालिस हजार मात्र) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भई फरार रहेका जिल्ला मकवानपुर साविक हेटौंडा नगरपालिका वडा नं.-२ परिवर्तित हेटौंडा उप-महानगरपालिका वडा नं.-१ स्थायी घर भई हाल काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिकावडा नं.-४ बालुवाटार बस्ने सुर्यलाल राजथलाको छोरा वर्ष-४५ को अनुप राजथलालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०४/१९ गते अं.१३:०० बजेको समयमा जि.काठमाण्डौं,काठमाण्डौं महानगरपालिका वडा नं.-१० थापागाउँमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागि मिति २०७९/०४/१९ गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको ।
पक्राउ
परेका व्यक्ति:-
नामः- अनुप राजथला
उमेरः- ४५ वर्ष
स्थायी
ठेगानाः- जिल्ला मकवानपुर साविक हेटौंडा नगरपालिका वडा नं.-२
परिवर्तित हेटौंडा
उप-महानगरपालिका वडा नं.-१
हालको
ठेगानाः- काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिकावडा नं.-४ बालुवाटार
पक्राउ मितिः- २०७९/०४/१९ गते ।
पक्राउ स्थानः- जि.काठमाण्डौं,काठमाण्डौं महानगरपालिका वडा
नं.-१० थापागाउँ ।