“ नेदरल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०४-३०
- A
- A-
- A+
जिल्ला खोटाङ बाह्रपोखरी गा.पा. वडा नं. ५ देवथान घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर बस्ने Moon Human Resources Pvt. Ltd. का सञ्चालक वर्ष ३५ को प्रकाश राईले जिल्ला रसुवा गोसाईँकुण्ड गा.पा. वडा नं. ५ ठूलोस्याप्रु घर भई हाल का.जि. नागार्जुन न.पा. वडा नं. १ ढुङ्गेधारा बस्ने वर्ष २७ को निमा काल्तेन तामाङ समेत १६ जनालाई वर्किङ भिषामा नेदरल्याण्ड जानको लागि प्रतिव्यक्ति रु. १६,००,०००/- ( अक्षेरुपी सोह्र लाख रुपैयाँ मात्र ) लाग्छ, नेदरल्याण्ड पुगेपछि पानीजहाजको SeaMan को रुपमा काममा लगाईदिन्छु, सुरुमा मासिक नेपाली रु. ७५,०००/- तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज १६ जना पीडितहरूबाट जम्मा रु. १,३६,५०,०००/- (अक्षरुपी एक करोड छत्तिस लाख पचास हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज प्रकाश राईको खोजतलास गर्ने क्रममा मिति २०७९।०४।२९ गते अं. १८:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको । निम्न:
नाम थर : प्रकाश
राई
उमेर : ३५
वर्ष
वतन : जिल्ला खोटाङ बाह्रपोखरी गा.पा. वडा नं. ५ देवथान घर भई
हाल का.जि.का.म.न.पा.
वडा नं. ३२ कोटेश्वर